वि.सं.२०७७ साल मंसिर २८ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्दशी,४३ घडी ३८ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त औशी । नक्षत्र– अनुराधा,४७ घडी ४५ पला,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त ज्येष्ठा । योग–सुकर्मा,०४ घडी ०७ पला,बिहान ०८ बजेर २६ मिनेट उप्रँन्त धृति । करण–भद्रा,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त शकुनी,रातको १२ बजेर १४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५३ पला । बाला–चतुर्दशी। बालाचह्रेपूजा। शिवालय परिसरमा शतबीज छर्ने दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आश्वासन तथा बचन दिनेहरुले झुक्याउन सक्छन् ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउदा आउदै न्युन पारिश्रमिकमा समग लगानि गर्नुपर्ने हुन सक्छ । मनपरेको भौतिक बस्तु तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दिदि बहिनी बीच सम्बन्ध बिग्रनेछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागी गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइ लेखाइमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिनेछ । सत्रुमाथी विजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा व्यावधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाइ लेखाइमा अरु भन्दा पछि परिनेछ । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ । अदालती निर्णयहरु तपाईँकै फैसला हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बीच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाइ लेखाइमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउने समय रहेकोछ । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरि सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । खाद्यान्न तथा मेडिकल व्यापारमा लगानी गरी आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । नियम संगत काम नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिनेछ । पैत्रिक धन तथा अग्रजहरुको सम्पती प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहकोछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्त हुनेछ भने मनोकामना पुरा हुने समय रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साहसी काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा लगानी गर्ने व्यापारीहरुका लागी आजको दिन उत्तम रहकोछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोले पद तथा मानसम्मान पाउने योग रहेकोछ । आज गरिने लगानीबाट पछी सम्म आम्दानी भईरहनेछ । अरुलाई दिएको बाचा पुरा गर्न सकिने हुदा मन प्रशन्न हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय मध्ययम रहेकोले सरकारी तथा प्रशासनिक काममा ढिला शुस्तिको चपेटामा परिनेछ । सेवा प्रवाह गर्नेहरुले तपाईँको काम समयमा नगर्दिनाले उपलब्धी ढिला प्राप्त हुनेछ । पढाइ लेखाइमा नतिजा आफैतिर पार्नको लागी प्रशस्त समय खर्चिनु पर्नेछ । आफन्त तथा अग्रजसँग सन्तुलित व्यावहार गर्नुहोला । यात्रागर्दा ध्यान दिनुहोला यात्रामा बिभिन्न अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस