वि.सं.२०७७ साल मंसिर २५ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–दशमी,०६ घडी ४८ पला,बिहान ०९ बजेर २८ मिनेट उप्रान्त एकादशी । नक्षत्र– हस्त,०४ घडी ०० पला,बिहान ०८ बजेर २१ मिनेट उप्रान्त चित्रा । योग–सौभाग्य,२७ घडी ४३ पला,बेलुकी ०५ बजेर ५० मिनेट उप्रँन्त शोभन । करण– भद्रा,बिहान ०९ बजेर २८ मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या,बेलुकी ०७ बजेर ३३ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५६ पला । गुहेश्वरी यात्रा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतिस्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले बिद्या तथा प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढिनै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बित्तिय क्षेत्रसँग सम्बन्धित व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ । उपहार तथा भौतिक सम्पति हातलागि हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
घरजग्गा तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवीहरुका लागि समय मध्ययम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लेखन,कला तथा साहित्यको क्षेत्रमा प्रसस्त समय दिएपनि ढिलामात्र चाहेको उपलब्धि हासिल हुनेछ । न्यालयसँग सम्बन्धित कामहरु थाती राख्नुहोला समय मध्ययम रहेकोछ । दाजुभाई तथा छिमेकीसँग सम्बन्ध चिसिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । व्यापारमा मन्दि आउने तथा उत्पादन मुलक क्षेत्रमा मन्दि आउनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । व्यापार व्यवसायबाट अरुदिनभन्दा नाँफा बढि लिन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिलाशी बस्तु तथा भौतिक सम्पति प्राप्त भएपनि प्रयोग गर्दा ध्यान दिनुहोला । पढाई लेखाईमा राम्रै प्रगति गर्न सकिनेछ । व्यापारी तथा व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नै र नया व्यावासायमा लगानि गर्ने अवसर सिर्जन गर्न सक्नेछन् । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुले जनताको आलोचनात्मक समर्थन पाउनेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिस्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक रुपमा कमजोर भएको अनुभूति हुनेछ । अध्ययनमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य मनुमटाब बढ्ने तथा जीवन साथीसँग घरायसी कुरामा राय बाजिनेछ । राजनीति तथा सामाजिक काममा आलोचना नै बढि सुन्नु पर्नेछ । तरपनि कृषि पेशालाई परिमार्जन गरि आम्दानी गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि रिसर्च पर्सनका लागि समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनपरेको मानिससँग रमाईलो यात्रामा निश्कन सकिनेछ । व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ भने व्यापारकै सवालमा देश बिदशका यात्राको तय गर्न सकिनेछ । अथितिको रुममा सम्मान पाईने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । स्थाई सम्पति जोडने योग रहेकोछ । साझेदारी व्यावसायबाट भनेजस्तो आम्दानि हुने योग रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस