वि.सं.२०७७ साल मंसिर २४ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–नवमी,१२ घडी १५ पला,बिहान ११ बजेर ३८ मिनेट उप्रान्त दशमी । नक्षत्र– उत्तरफाल्गुनी,०७ घडी ४२ पला,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त हस्त । योग–आयुष्मान,३५ घडी २२ पला,बेलुकी ०८ बजेर ५३ मिनेट उप्रँन्त सौभाग्य । करण– गर,बिहान ११ बजेर ३८ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५७ पला । विश्व भ्रष्टाचारविरुद्ध दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विवाद तथा प्रतिष्पर्धामा भाग नलिनुनै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने वातावरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धी मुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आमा तथा आफन्त टाडिनाले मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा धेरै आलोचना र थोरै समर्थन पाईनेछ । साथिभाई तथा मनपरेको मित्रसँग सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि माटो तथा खनिज पदार्थको कारोबारबाट मनग्गे लाभ लिन सकिनेछ । सवारी साधन प्राप्तीको योग रहेपनि चलाउदा ख्याल गर्नुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकि रहेको काम थाति रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ । दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक
तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खर्च बढेपनि उपलव्धिमुलक कामहरु हुने छैनन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । बिधीबिधान पुर्वक काम गर्न नसक्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तरपनि लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आम्दानिका नयाँनयाँ स्रोतहरु प्राप्त हुनेछ भने व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थसँग सँग सम्बन्धित बस्तुको व्यापार फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
योजना कार्यान्वयनको चरणमा लैजान सकिनेछ । ईमान्दारिता र लगनशिलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । अथितिका रुपमा स्वागत तथा सत्कार पाईनेछ । यात्रा राम्रो तथा उपलब्धीमुलक हुनेछ । धार्मिक यात्राको तय हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । रमाईलो यात्राको बीच मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रुपैयापैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्तसँग मनमुटाब बढ्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । बाटो हिड्दा तथा सवारि साधन चलाउदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । घर परिवारमा आउने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायिक क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथि हरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस