वि.सं.२०७७ साल मंसिर १५ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–पूर्णिमा,१९ घडी ४८ पला,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रोहिणी,अहोरात्र । योग–शिव,१३ घडी २० पला,मध्यान्ह १२ बजेर ०२ मिनेट उप्रँन्त सिद्ध । करण–बव,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त बालव,रातको ०३ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–प्रवद्र्र्ध योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ११ पला । गुरु नानक जयन्ती ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कुटुम्ब तथा आफन्तको सहयोगले राम्रा तथा देखिने कामहरु गर्न सकिनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ । व्यावसाय फस्टाएरु जाने तथा आर्थिक गतिबिधिमा सम्लग्न भई धन तथा सम्पति कमाउन सकिनेछ । घरपरिवारमा मानिससँग जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै राम्रा काम गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । तरपनि लामो दुरिको यात्राको लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायि रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिनेछ । पैत्रिक धन तथा अग्रजहरुको सम्पति प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहकोछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्त हुनेछ भने मनोकामना पुरा हुने समय रहेकोछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यावसायिक यात्राले खर्च बढाउनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा समय दिएपनि नतिजा न्युन आउनेछ । दुर्गम स्थानमा यात्रा हुने तथा नोकरिमा स्थानान्तरणको सम्भावना रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक तथा राजनीतिक काममा रुचि बढ्ने तथा राम्रा काम गरि नाम दाम दुवै कमाउन सकिनेछ । धार्मिक मनोबृति बढ्नेछ भने धार्मिक क्षेत्रसँग सम्बन्धित व्याक्तित्व हरुसँग भेटघाट हुनेछ । भाग्यले साथ दिने हुनाले सानो लगानि वा प्रयत्नले राम्रा काम गर्न सकिनेछ । कल्पना तथा तार्किक क्षमतामा बृद्धि हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । अध्ययनमा अलि बढि नै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुन सक्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार तथा जागिरमा सन्तुष्ट हुने समय रहेकोछ । व्यापार तथा व्यापार बिस्तारकै सवालमा लामो दुरिको यात्रा हुनेछ । पढाई लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउनेछन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धि हासिल हुनेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विवाद तथा प्रतिष्पर्धामा भाग नलिनुनै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन सकिनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आत्मिय मित्र तथा आमासँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस