बलेवा- हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन् । कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन् ।
आजका दिन कालीगण्डकीको स्नान गरेर निराहार बस्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । बागलुङको जैमिनी धाम, पर्वतका नरसिंहधामको पश्चिम किनारा, निरहेघाट, मालढुंगालगायत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो छ । धार्मिक मान्यतानुसार आजको दिन विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिन्छ ।
बागलुङमा तुलसीको विवाह गर्नुपूर्व कालीगण्डकीको स्नान गर्नुपर्ने मान्यता छ । आजको दिन अन्न खान नहुने भएकाले बागलुङ बजारमा सखरखण्ड, पिँडालु र वनतरुल बिक्रेताको पनि बाक्लो उपस्थिति छ ।
ससाना डोका तथा ठेलागाडामा निराहार बसेकाहरुका लागि कन्दमूल बिक्री गर्न बिक्रेताहरु बागलुङ बजार आएका छन् । यहाँका ससाना फलफूल तथा तरकारी पसलमा समेत कन्दमूल बिक्रीका लागि राखिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस