चितवन- पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बुधबार विज्ञप्ति प्रकाशित गरी हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेका छन् । विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा श्रद्धालुको ठूलो जमघट हुने परम्परा रहिआएको भए पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम यथावत् नै रहेको र मेला पर्व, उत्सव गरी भीडभाड नगर्ने सरकारको नीति कायमै रहेको उल्लेख छ । परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्पराअनुसार मनाउनसमेत अनुरोध गरिएको छ ।
देवघाटधाममा अधिकांश वृद्धवृद्धा बसोबास गर्ने गर्दछन् । चिसो मौसममा वृद्धवृद्धामा सङ्क्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने समितिका अध्यक्ष शिवराज पौडेलले बताए । उनका अनुसार अन्त्येष्टि कर्ममा समेत सम्भव भएसम्म थोरै व्यक्ति आइदिन आग्रह गरिएको बताए । देवघाटधाममा औँसी, पूर्णिमा, एकादशी, माघे सङ्क्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने सङ्क्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस