वि.सं.२०७७ साल कार्तिक ३० गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–औशी,१२ घडी ३३ पला,बिहान ११ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–विशाखा,३२ घडी ०६ पला,बेलुकी ०७ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग–शोभन । करण–नाग,बिहान ११ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी १० बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला,दिउसो १ बजेर ४० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २६ घडी ४९ पला । म्ह पूजा । गाई –गोरु तिहार ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति हात पार्न सकिनेछ । साभपख समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपूर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ । वादविवाद तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँकै विचार उत्कृष्ट ठहरिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउनु पर्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारि लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बर बधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
अवसर प्राप्त भएपनि काम गर्न आट नआउदा अरुभन्दा पछि परिनेछ । पन परेको मानिस टाडिने हुदा मन खिन्न हुनेछ । व्यापारमा नाँफा कमाउन प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा मन गएपनि नतिजा भने अरुकै पोल्टोमा पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । छोटो दुरिको रमाईलोे यात्राको तय हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरि प्रभुत्व जमाउन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अग्रज,आफन्त तथा साथिभाईको बिषेश भेटघाटले व्यावसायको लागि योजना बनाउन सहयोग पुग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आकर्षित गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । आफन्त तथा साथिभाईहरु टाडिनेछन् । व्यापारमा मन्दि आउने तथा खर्च बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । मध्यान्हबाट तरपनि लामो दुरिको विदेश यात्राको तय हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ । साझपख लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बुवा तथा बुवा सरहका व्याक्तीबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपूर्ण भुमिका खेल्नेछ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । मध्यान्हबाट समय उत्तम रहेकोले अध्ययनमा मन जानेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो गर्दै समय व्यातित गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सापटि मागेर वा ऋण खोजेर व्यापारमा लगानी नगर्नुहोला समय मध्ययम रहेकोले आम्दानि नयून हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीहरुसँग मनमुटाब बढ्ने योग रहेकोछ । पानी तथा खनिज पदार्थसँग सम्बन्धीत काम गर्दा ख्याल गर्नुहोला । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिका यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस