वि.सं.२०७७ साल कार्तिक २८ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– त्रयोदशी,२४ घडी २८ पला,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–चित्रा,४० घडी २४ पला,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त स्वाती । योग–प्रिती । करण–वणिज,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ०० मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या,बिहान ११ बजेर २४ तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५६ पला । यम–पञ्चक (तिहार)। धन–त्रयोदशी। धन्वन्तरीजयन्ती। धनतेरस -धनत्रयोदशी। कागतिहार। काकबलि। स्वन्ति चस्ह्रे पूजा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो रहेकोले एकल तथा साझेदारी व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार कै सवालमा पनि लामो दुरिको यात्राको तय हुने योग रहेकोछ । विलाशी वस्तुको खरिद बिक्रीबाट आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै अग्र पंक्तिमा तपाईँको नाम आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रतिस्पर्धामा विजयको योग रहेकोछ । विवाद तथा न्यायिक फैसलामा तपाईकै जित निश्चित छ । राम्रा तथा परिणाममुखि व्यापारमा लगानि बढाई आम्दानि दोब्बर पार्न सकिनेछ । मामा,मावली तथा आफन्तको सहयोगले अगाडि बढ्न प्रेरित गर्नेछ । अध्ययनमा समय दिने बिद्यार्थीहरुका लागि समय राम्रो रहेकोछ । बिहानको समय मध्ययम रहेकोले अवसर प्राप्त भएपनि समयमा काम गर्न सकिनेछैन । अध्ययनमा ध्यान नजादा प्रतिस्पर्धिहरु नै हावी हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुँनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय राम्रो रहेकोले उद्योग तथा व्यापारबाट विशेष फाईदा दिन सकिनेछ । गरिएका कामबाट छोटो समयमा नै भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । शत्रु तथा प्रतिष्पर्धीलाई किनारा लगाउदै अग्रगामी छलाङ मार्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले घरपरिवार तथा आफन्तको सहयोग पाईनेछैन । अरुको आष गर्ने बानिले आफ्नो काम अधुरो रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईको प्रतिभाको उच्च सम्मान हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । समयको महत्व बुझि अगाडि बढ्दा जिवन शैलिमा उल्लेख्य सुधार हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । गाएन तथा मोडलिङ पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइ लेखाइमा मान नजाने तथा नतिजा अरुकै पोल्टोमा पर्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाईनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समयमा यात्रा हुने तथा बिदेशसँग सम्बन्धीत कामहरु हुनेछन् । बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरि नाम कमाउन सकिनेछ भने व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तापनि यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिका अवसर जुट्नेछ । सरकारि तथा प्रशासनीक काममा तपाईको गतिलो उपश्थिती रहनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै शिलशिलामा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय तथा परिस्थिती अनुकुल तथा सहज बनाईराख्न प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा समय दिएपनि न्युन प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । तरपनि अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिने भएपनि बाटोमा समस्या झेल्नु पर्ने हुन सक्छ । राज्यसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले बिद्या तथा खोजमुलक क्षेत्रमा चासो बढ्नाले भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाइकै पक्षमा हुनेछन् । आफन्त तथा मामा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस