वि.सं.२०७७ साल कार्तिक २१ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–षष्ठी,५१ घडी २७ पला,रातको ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पुनर्वसु ,५६ घडी २४ पला,रातको ०४ बजेर ५२ मिनेट उप्रान्त तिष्य । योग–साध्य । करण–गर,दिउसो ०२ बजेर ५५ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ५४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मिथुन,बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २७ घडी १९ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाजुभाई तथा छिमेकिसँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउदा भविश्यमा आम्दानि भईरहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अनाबस्यक विवादले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा समर्थन भन्दा आलोचना बढि हुनेछ । नयाँ प्रबृधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउनेछ । मनमा दोधार तथा निर्णय क्षमतामा कमि आउनेछ । व्यापारमा प्रशस्त समय लगानि गरेपनि आम्दानि कम नै हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् भने सरोकार नभएका बिषयमा चासो राख्नाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसाय तथा अन्य क्षेत्रबाट मनग्गे धन आर्जन भएपनि खर्च बढिनै हुनाले व्यालेन्स बिग्रन सक्छ । दाजुभाई तथा आफन्तबिच सानो सानो कुरामा राय बाजनेछ । आटेको काम परिश्थितिबस ढिला हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेमा कुनै शंका छैन । पैत्रिक धन तथा सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला बिवाद हुन सक्छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानि हुनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक बस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथि भाईसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागि गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा बित्तिय क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आत्मिय मित्र तथा आमासँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस