वि.सं.२०७७ साल कार्तिक २० गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–पंचमी,५१ घडी ५४ पला,रातको ०२ बजेर ४८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–आद्र्रा,५४ घडी ४७ पला,रातको ०४ बजेर १३ मिनेट उप्रान्त पुनर्वसु । योग–सिद्ध । करण–कौलव,दिउसो ०२ बजेर ३३ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ४८मिनेट उप्रान्त गर । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २७ घडी २२ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समयले त्यति साथ नदिय पनि प्रयत्न गर्दा पढाइ लेखाइमा राम्रो नतिजा हात पार्न सकीनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्दै अगाडि बढ्नुहोला । गाएन तथा सांगितिक क्षेत्रमा समय लगानि गर्नेहरुले समाज वा सामाजिक सञ्जालबाट राम्रो समर्थन पाउनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अनाबस्यक विवादले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा समर्थन भन्दा आलोचना बढि हुनेछ । नयाँ प्रबृधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउनेछ । मनमा दोधार तथा निर्णय क्षमतामा कमि आउनेछ । व्यापारमा प्रशस्त समय लगानि गरेपनि आम्दानि कम नै हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च बढेपनि उपलव्धिमुलक कामहरु हुने छैनन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । बिधीबिधान पुर्वक काम गर्न नसक्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तरपनि लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अरुको भर पर्दा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतिको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाति रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसायमा प्रसस्त समय लगानी गरेपनि न्युन आम्दानीमा चित्त बुझाउनु पर्नेछ । आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गदागर्दै आलोचना सहनु पर्नेछ । अग्रज तथा आफन्तसँग विवाद तथा मनमुटाब सिर्जना हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोाछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
योजना कार्यान्वयनको चरणमा लैजान सकिनेछ । ईमान्दारिता र लगनशिलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । अथितिका रुपमा स्वागत तथा सत्कार पाईनेछ । यात्रा राम्रो तथा उपलब्धीमुलक हुनेछ । धार्मिक यात्राको तय हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । रमाईलो यात्राको बीच मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाई लेखाईमा कमी कमजोरी भएको अनुभुति हुनेछ । व्यापारमा मन्दि आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । आफनत तथा दिदि बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवार तथा कुटुम्बविच रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । भौतिक तथा बिलाशी बस्तु प्राप्तीको योग रहेकोछ । एकल तथा संयूक्त व्यावसायबाट वा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मध्ययम रहेकोले सानो कामलाई पनि पुनह गर्नु पर्दा मन खिन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुनै हावी हुनेछन् । ऋण लाग्ने तथा उठ्नु पर्ने रुपैया पैसा समय नउठ्नाले व्यापारमा लगानी गर्ने अवसर गुम्नेछ । आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुने तथा मिलेर गरिरहेको काममा बाधा अवरोध सिर्जना नहोला भन्न सकिन्न ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुलाई हराउदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घरजग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउनेहरु सक्रिय रहनेछन् । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुनाले मन बिचलित हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस