आज नवारात्रको नवौं दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । देवी दुर्गाको नवौं स्वरुपमा सिद्धिदात्रीको नामले चिनिनुहुन्छ । यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्नाले सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्र्ने सामथ्र्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएकोछ । सिद्धिदात्रीले दाहिने भुजामा जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गर्नुभएकोछ ।
देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान हुनुहुन्छ । नवौं दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ । उनी अन्तिम देवी हुन् र उहाँको ध्यान गर्नाले सबै प्रकारको ब्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् ।
भगवान शिवले पनि सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू प्राप्त गर्नुभएकोछ । यस देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात हुनुभयो । हामीले माताको पाउमा उपासना गर्न जारी राख्नु पर्छ र स्थिर रहनु पर्छ । यस देवीको स्मरण, ध्यान, आराधनाले हामीलाई यस संसारको जोखिमलाई महसुस गराउँदछ र हामीलाई अमृत पदमा पु¥याउँछ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्नेछन् ।
“ऊँ ह्रीं चामुण्डायै विच्चे नमो नमः देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गर्नुपर्दछ । भगवान शंकर र ब्रह्मा जीको पूजा गरिसकेपछि अन्तमा हविहरु चढाउँदै आरती गर्नुपर्दछ । हवनमा भएका जुनसुकै भेटी सबै मानिसहरुमा वितरण गरिनु पर्छ ।
ध्यानः
वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम् ।
कमलस्थितां चतुर्भुजा सिद्धीदात्री यशस्वनीम् ।।
स्वर्णावर्णा निर्वाणचक्रस्थितां नवम् दुर्गा त्रिनेत्राम् ।
शख, चक्र, गदा, पदम, धरां सिद्धीदात्री भजेम् ।।
पटाम्बर, परिधानां मृदुहास्या नानालंकार भूषिताम् ।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम् ।।
प्रफुल्ल वदना पल्लवाधरां कातं कपोला पीनपयोधराम् ।
कमनीयां लावण्यां श्रीणकटि निम्ननाभि नितम्बनीम् ।।
स्तोत्र पाठ:
कंचनाभा शखचक्रगदापद्मधरा मुकुटोज्वलो ।
स्मेरमुखी शिवपत्नी सिद्धिदात्री नमोऽस्तुते ।।
पटाम्बर परिधानां नानालंकारं भूषिता ।
नलिस्थितां नलनार्क्षी सिद्धीदात्री नमोऽस्तुते।।
परमानंदमयी देवी परब्रह्म परमात्मा ।
परमशक्ति, परमभक्ति, सिद्धिदात्री नमोऽस्तुते ।।
विश्वकर्ती, विश्वभती, विश्वहर्ती, विश्वप्रीता।
विश्व वार्चिता विश्वातीता सिद्धिदात्री नमोऽस्तुते ।।
भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
भव सागर तारिणी सिद्धिदात्री नमोऽस्तुते ।।
धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी ।
मोक्षदायिनी सिद्धीदायिनी सिद्धिदात्री नमोऽस्तुते ।।
यसरी सिद्धिदात्री देवीको ध्यान,स्तोत्र तथा पूजा गर्नाले सम्पूर्ण मानव जातीले सिद्धि प्राप्त गर्दछन् । सिद्धिदात्रीलाई आफ्नो श्रद्धा र भक्तिले गरेको पूजा तथा आराधाना गरेमा पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,घरपरिवारमा शुख शान्ति प्राप्त हुने, दुःख कष्ट हरण हुने र अलौकिक शक्ति प्राप्त हुने शास्त्रको वचन रहेकोछ । सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस