आश्विन शुक्ल चतुर्थी तिथि अर्थात आजकै दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा तथा आराधना गरिन्छ । सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो भन्ने पौराणिक मान्यता रहेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
आफ्नो बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो । उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको धार्मिक ग्रन्थहरुमा बताइएको छ ।
जतिबेला सृष्टिको रचना गरिएको थिएन,चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन् । त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ । यी देवीको आठवटा हात रहेको छ । त्यसैले पनि यिनलाई अष्ठभूजा पनि भन्ने गरिएको छ ।
यिनको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा रहेको छ भने आठौं हातमा सबै सिद्धि तथा निधि प्रदान गर्ने सक्ने माला रहेको देखिन्छ । यी देवीको बाहन सिंह हो ।
कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिनुभएकोछ । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएकोछ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका अन्य ग्रन्थहरुमा उल्लेख गरिएकोछ ।
कुष्माण्डालाई उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।
यिनलाई कुभिण्डोको बलि प्रिय लाग्दछ । संस्कृतमा कुभिण्डोलाई कुष्माण्डा भनिन्छ । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर आज यसको पूजाआजा गर्ने चलन रहेकोछ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।
यी देवीको बास सूर्यमण्डलभित्र हुन्छ । सूर्यलोकमा रहनसक्ने क्षमता केवल यिनमा मात्रै छ । त्यसैले यिनको शरीरको कान्ति तथा प्रभा सूर्यको जस्तै देदिप्यमान रहेको छ । यिनकै दिशाले दश दिशा आलोकित बनेको छ । यिनकै कारणले ब्रह्माण्डका सबै बस्तु तथा प्राणीमा तेज व्याप्त रहेको छ ।
यी देवीको भक्तिपुर्वक पूजा तथा आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ । कूष्माण्डा देवीको लागी मालपुवा प्रसादको रुपमा चडाईन्छ, दान गरिन्छ र आफू पनि खाइन्छ । यस्तो गर्दा बुद्धिको विकास हुन्छ भन्ने शाश्त्रिय मान्यता रहेकोछ । आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा कूष्माण्डा देवीको दर्शन तथा पूजाको लागी भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
कुष्माण्डा देवीको पूजा गर्ने मन्त्र :
सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस