नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधाना गरिन्छ । आश्विन शुक्ल द्वितीयाको दिन अर्थात कार्तिक ०२ गते आजकै दिन माता ब्रह्मचारिणीको बिधीपुर्वक पूजा गरिन्छ ।
ब्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएकोछ भने दाहिनी हातमा जपको माला र बाहाँ हातमा कमण्डलु लिनुभएकोछ ।
पुर्वजन्ममा हिमालय पर्वतको पुत्री शैलपुत्रीको रुपमा प्रकट भई देवर्शी नारदको उपदेशले भगवान महादेब स्वामी पाँउ भनि अत्यन्त कठिन तपस्या गर्नुभएको थियो । कठोर तपस्या गरेकै कारण तपस्याचारिणी अर्थात ब्रह्मचारिणी नाम रहन गयो ।
एकहजार वर्ष फलफूल मात्र खाएर तपस्या गर्नुभयो भने सयौवर्ष साग मात्र खाएर जीवन निर्बाह गर्नुभएको थियो । खुला आकाश मुनि घामपानि सहेर निराहार कठोर तपस्या गर्नुभयो । तिनहजार वर्षसम्म त सुकेर जमीनमा झरेको बेलपत्र खाएर श्री महादेव स्वामी पाँउ भनि कठोर तपस्या गर्न लाग्नुभयो । त्यसपछि सुकेको बेलपत्र पनि खान छाड्नु भयो । कयौ हजार बर्षको तपस्याको कारण शरिर कमजोर हुनन थाल्यो ।
ब्रह्मचारिणीको यो कठोर तपास्या देखी उनकी माता मेनका चिन्तित भईन् ।
माता मेनकाले यस्तो कठोर तपस्या तोड्नका निम्ति पटक पटक आग्रह गर्दा पनि निरन्तर तपस्या गरिरहिन् । ब्रह्मचारिणीको कठोर तपस्याका कारण तिनै लोकमा हाहाकार मच्चियो ।
देवता,ऋषी,सिद्धगण,मुनीहरु सबैले उनको तपस्याको चर्चा परिचर्चा गर्न थाले । अन्ततः पितामह ब्रम्हा प्रशन्न भई भन्नुभयो हे देवी आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन् । तिम्रो मनोकामना पुर्ति हुनेछ र चाडै नै भगवान श्रीमहादेव पतिको रुपमा तिमीले पाउने छौ भनि ब्रम्हा अन्तरध्यान हुनुभयो ।
तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धिको लागि ब्रह्मचारिणीको साधना गरिन्छ । माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल मिल्नेछ । नवरात्रको दोस्रोदिन द्वितीया तिथि ब्रह्मचारिणी देवीलाई समर्पित छ ।
आश्विन शुक्ल द्वितीयाको दिन अर्थात आजकै दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्नेछ भन्ने शाष्त्रिय मान्यता रहेकोछ । ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा,फलफूल, पकवान्न, एवं पुस्पहरू प्रिय छन् । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई आश्विन शुक्ल द्वितीयाको दिन अर्थात आजकै दिन ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।
ब्रह्मचारिणी देवीको पूजाबिधी यसप्रकार रहेकोछ :
देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षत, रोली, चंदनबाट पूजा गर्नुपर्दछ । दूध, दही, सख्खर, घृत, वा मधु बाट स्नान गरि प्रसाद चडाउनु पर्दछ । प्रसाद पश्चात आचमन र फेरी पान, सुपारी भेंटी दिनुपर्दछ । देवीलाई प्रदक्षिणा गर्नुपर्दछ । कलश देवता पूजापछि यही प्रकारका नवग्रह, दशदिक्पाल, नगर देवता, ग्राम देवताकोपनि पूजा गर्नुपर्दछ । देवीको पूजा गरिसकेपछि हातमा फूल लिएर प्राथना गर्नुपर्दछ ।
ब्रह्मचारिणी मंत्र :
या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।
देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।
ब्रह्मचारिणी ध्यान :
वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।
जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम ।।
गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।
धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।
परम वंदना पल्लवराधरां कांत कपोला पीन ।
पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।
ब्रह्मचारिणी स्तोत्र पाठ :
तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।
ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ।।
शंकरप्रिया त्वंहि भुक्ति–मुक्ति दायिनी ।
शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ।।
ब्रह्मचारिणी कवच :
त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनी ।
अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो ।।
पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी ।
षोडशी सदापातु नाभो गृहो च पादयो ।।
अंग प्रत्यंग सतत पातु ब्रह्मचारिणी ।।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस