आश्विनमासको शुक्ल प्रतिपदा अर्थात आजकै दिनबाट हिन्दुधर्मावलम्बीहरुको महान चाड दशै सुरु हुदैछ । एक महिनाअघि सुरु भएको अधिकमास असोज ३० गते राति ०१ बजेर ५३ मिनेटमा सकिएसँगै आज १ गतेबाट हिन्दुधर्मालवम्बीहरुको महान चाड दशै सुरु भएको हो ।
आज कार्तिक १ गते प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरि नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।
देवी पुराणमा स्यमं देवीले भन्नुभएको छ । शरद्ऋतुको जुन प्रतिपदा तिथिमा द्धितीया पनि यूक्त हुन्छ त्यसमा पूजन गर्नाले अव्यय–अविनाशी फल प्राप्त हुन्छ ।
यदि कसैले औंसीसँग जोडिएको प्रतिपदामा मेरो स्थापना गर्दछ भने त्यसलाई हजारौं सराप दिई खरानि तुल्याउनेछु । थाहा पाउँदापाउँदै पनि आफ्नै आग्रहका कारण कसैले अमायुक्त प्रतिपदामा कलश स्थापना गर्दछ भने त्यसको सम्पत्ति नाश हुनुका साथै जेठो छोरोको मृत्यु पनि हुन्छ । त्यसैले अमायुक्त प्रतिपदा लिनु हुदैन । त्यसकारण कार्तिक १ गते अर्थात आजकै दिन घटस्थापना गर्नुपर्दछ र घटस्थापनाको उत्तम साईत बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेकोछ ।
कलश स्थापना
सूर्यदयदेखि १० घडिसम्मको समयमा घटस्थापना गरि तिलको तेलद्धारा माङ्गलिक स्नान गरेपछि देवीको पूजा गर्नुपर्दछ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ ।
प्रमुख शक्ति पिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पिठमा समेत दुर्गा भवानीको पुजा गरिन्छ । त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।
शक्तिस्वरूपा दुर्गाभवानीको नौरुप–शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रसिद्ध छ । घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ ।
अनि जलपूर्ण कलशमा चन्दन,सर्वौषधि,दूबो,पञ्चवल्लव,सप्तमृत्तिका,फल,पञ्चरत्न,सुवर्ण र वस्त्र चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले ध्यानपुर्वक पूजा गरिन्छ । दशैंघर, घटस्थापना स्थलमा दुर्गा, सप्तशति, चण्डी र भगवतीको स्तोत्र पाठ गर्नुपर्दछ ।
दूर्गासप्तशतिको पाठ
नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुपर्दछ र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुपर्दछ । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुपर्दछ । यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गरि देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुपर्दछ ।
विचार गर्नुपर्ने कुरा
यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुपर्दछ । यदि बत्ति घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दाँयातर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बाँयातर्फ राख्नुहोस् ।
पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस् :
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।
यः स्मरेत् पुंडरीकाक्षं सः बाह्याभ्यंतरः शुचि ।।
ॐ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्ष पुनातु ।।
नमो दैव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृतयै भद्रायै नियताः प्रणताः स्मताम ।।
या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।
ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ।।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस