वि.सं.२०७७ साल असोज २९ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–त्रयोदशी,०० घडी ५१ पला,बिहान ०६ बजेर २५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–उत्तरफाल्गुनी,२८ घडी ४८ पला,बेलुकी ०५ बजेर ३६ मिनेट उप्रान्त हस्त । योग–ब्रम्ह,१० घडी ५५ पला,बिहान १० बजेर २६ मिनेट उप्रान्त ऐन्द्र । करण– वणिज,बिहान ०६ बजेर २५ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर २० मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट । दिनमान २८ घडी ४१ पला । ग्रामिण महिला दिवस । अनलाचह्रे पूजा।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउको यात्रामा निश्कन सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाइ लेखाइमा अरु भन्दा पछि परिनेछ । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आत्मिय मित्र तथा आमासँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारि लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बर बधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय मध्ययम रहेकोले कन्फिडेन्ट पावरमा कमि हुने तथा आत्तिने बानिले गतल निर्णय हुनेछन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुसँग साना साना कुरामा राय बाजिनेछ । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चनेहरुका लागि समय मध्ययम रहेकोछ । तरपनि गित संगित तथा साहित्य लेखनमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पति तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानमा गरिने लगानिबाट आम्दानि बढाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिनेछ । पैत्रिक धन तथा अग्रजहरुको सम्पति प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहकोछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्त हुनेछ भने मनोकामना पुरा हुने समय रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रोसँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत व्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । पढाइ लेखाइमा मेहनेत गरेमात्र नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । तरपनि लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ठुला तथा महत्वकाक्षी योजनाहरुका लगानि गर्नको लागि केहि समय कुर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यका लागि योग तथा साधनमा ध्यान दिनुनै उत्तम रहनेछ । पढाइ लेखाइमा मन नजादा नतिजा तथा पुरस्कार अरुकै हातमा जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायिक क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथि हरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस