वि.सं.२०७७ साल असोज ०६ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,५३ घडी ०४ पला,रातको ०३ बजेर ०६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अनुराधा,४९ घडी १६ पला,रातको ०१ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा । योग–विष्कुम्भ,१४ घडी १३ पला,बिहान ११ बजेर ३४ मिनेट उप्रान्त प्रिती । करण–कौलव,बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर ०६ मिनेट उप्रान्त गर । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान ३० घडी १५ पला । सामाजिक सेवा दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा दिदिबहिनीसँग मनमुटाब तथा बिवाद बढ्ने योग रहेकोछ । कुनैपनि काम पुनह गर्नुपर्दा नैराश्यता बढ्नेछ । आर्थिक मुद्दाहरु हल गर्न निकैनै समय खर्चनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा गर्न चाहनेहरुका लागि समयले साथ दिने छैन । तरपनि छोटो दुरिको यात्राको सम्भाावना बलियो रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सि तथा बिलाशि बस्तुको व्यापारबाट मनग्गे आम्दानि हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि बढाउँन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच बिश्वासको बाताबरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रतिस्पर्धा तथा सत्रुभाव राख्नेहरु कमजोर हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा मावलीपक्षबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । सानो लगानि वा सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा साथिभाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
छोटो तथा रमाईलो यात्रा हुनेछ । दाजुभाई तथा छिमेकिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । कला तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउदा भविश्यमा आम्दानि भईरहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समाजसमा प्रतिष्ठित काम गर्दै नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन मिल्ने मित्र तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पहिल गरिएका लगानिबाट राम्रो प्रतिफल प्राप्त हुने हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा प्रगति भएर जाने तथा अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अरुकै लागि समय र श्रम खर्चनु पर्दा आफ्नो कामभने थाति रहनेछ । खर्च बढ्ने तथा कामहरु समयमा सम्पादन नहुँदा आलोचना सहनु पर्ला । कमजोर पढाइ लेखाइ कै कारण नतिजा अरुकै पोल्टोमा पर्नेछ । तरपनि विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्रणय सम्बन्धमा भने विश्वासको वाताबरण बन्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानिमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै अग्र स्थानमा आउँन सकिनेछ । प्रेमील जोडहिरुका लागि समय उत्तम रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । साझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भाग्य र कर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस