वि.सं.२०७७ साल भाद्र २५ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी,४२ घडी ३३ पला,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रोहिणी,१२ घडी ११ पला,बिहान १० बजेर ३९ मिनेट उप्रान्त मृगशिरा । योग–बज्र,२७ घडी ४२ पला,बेलुकी ०४ बजेर ५२ मिनेट उप्रान्त सिद्धि । करण–बालव,बिहान १० बजेर ४८ मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–बृष,बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान ३१ घडी ०३ पला । अष्टमी श्राद्ध।अष्टमी व्रत। गोरखकाली पूजा। जितिया पर्व, जीवत्पुत्रिका व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ । वन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुचना प्रविधीको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
फजुल खर्च बढ्नेछ । खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ । तरपनि लामो दुरिको बिदेश यात्रा हुनेछ भने एनजिलो तथा बिदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ । व्यापारको लागी बिहानको समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक काममा रुचि बढ्ने तथा सामाजिक जिम्मेवारी बहन गर्नु पर्नेछ । कर्मक्षेत्रमा तपाईको प्रशंसा गर्नेहरु प्रशस्त भेटिनेछन् । व्यापारमा बृद्धि हुनाले थप लगानिको वाताबरण बन्नेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि भनेजस्तो लाभ लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानिबाट भविश्यमा नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भाग्यवस कृर्तिमानि काम गर्ने अवसर प्राप्त हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
ठुला तथा महत्वकाक्षी योजनाहरुका लगानि गर्नको लागि केहि समय कुर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यका लागि योग तथा साधनमा ध्यान दिनुनै उत्तम रहनेछ । पढाइ लेखाइमा मन नजादा नतिजा तथा पुरस्कार अरुकै हातमा जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विलाशी तथा भौतिक बस्तुको पहिरनले व्याक्तित्वमा चमक आउनेछ । सवारि साधन तथा महंगा वस्तुहरुको प्रयोग मार्फन अरुको ध्यान तान्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापारकै सवालमा यात्रा हुने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा परिश्थितिको तालमेल मिल्दा चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । गरेको कामबाट भनेजस्तो आम्दानि हुदा व्यापारमा थप लगानि बढाउन सकिनेछ । आफन्त तथा सन्तानको सहयोगले दैनिकी सहजीकरण तर्फ धकेलिनेछ । पढाइ लेखाइ राम्रो हुने तथा पढाइकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दि आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखि रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । अध्ययन अध्यापनमा भनेजस्तो नतिजा नआउन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लेखन कला तथा साहित्यमा समय लगानि गरि आफ्ना सिर्जनाहरु जनमानसमा लैजान सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस