वि.सं.२०७७ साल भाद्र २४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,३९ घडी ५७ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,०७ घडी ३० पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग–हर्षण,२८ घडी ०० पला,बेलुकी ०४ बजेर ५८ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बेलुकी ०९ बजेर ०४ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ०७ पला । सप्तमी श्राद्ध। महालक्ष्मी व्रत समाप्ति।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । व्यापार व्यवसायबाट अरुदिनभन्दा नाँफा बढि लिन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउने समय रहेकोछ । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरि सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । खाद्यान्न तथा मेडिकल व्यापारमा लगानि गरि आम्दानि गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्रा हुने योग रहकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिनेछ । पैत्रिक धन तथा अग्रजहरुको सम्पति प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहकोछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्त हुनेछ भने मनोकामना पुरा हुने समय रहेकोछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । नोकरि पाउने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
योजना कार्यान्वयनको चरणमा लैजान सकिनेछ । ईमान्दारिता र लगनशिलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । अथितिका रुपमा स्वागत तथा सत्कार पाईनेछ । यात्रा राम्रो तथा उपलब्धिमुलक हुनेछ । धार्मिक यात्राको तय हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । रमाईलो यात्राको बिच मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक बस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथि भाईसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला सजक नहुदा सामान्य घट्ना हुन सक्छ । व्यापार तथा शिक्षाको सवालमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तजन सँग सामान्य मनमुटाब बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा प्रसस्त समय लगानी गरेमात्र नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक नेतृत्व हात लागी हुने ग्रहयोग रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । प्रयन्न गर्दा लामो समय देखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् । आफन्त तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुलाई हराउदै प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय व्यातित हुने हुँदा मन प्रशन्न रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आमा तथा आफन्त टाडिनाले मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा धेरै आलोचना र थोरै समर्थन पाईनेछ । साथिभाई तथा मनपरेको मित्रसँग सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि माटो तथा खनिज पदार्थको कारोबारबाट मनग्गे लाभ लिन सकिनेछ । सवारी साधन प्राप्तीको योग रहेपनि चलाउदा ख्याल गर्नुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईको प्रतिभाको उच्च सम्मान हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । समयको महत्व बुझि अगाडि बढ्दा जिवन शैलिमा उल्लेख्य सुधार हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस