वि.सं.२०७७ साल भाद्र ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–तृतीया,५१ घडी १६ पला,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तरफाल्गुनी,४९ घडी १५ पला,रातको ०१ बजेर २० मिनेट उप्रान्त हस्त । योग–सिद्ध,३१ घडी ४२ पला,बेलुकी ०६ बजेर १८ मिनेट उप्रान्त साध्य । करण–तैतिल,दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–सिंह,बिहान ०८ बजेर २६ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी २१ पला । हरितालिका-तीज व्रत। मन्वादि।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विवाद तथा प्रतिस्पर्धामा भाग नलिनुनै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुने तथा पति पत्नि बिच मनमुटाब बड्न सक्छ । लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन अरुदिन भन्दा बढि समय खर्चनु पर्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि बढाउदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाईमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकि रहेको काम थाति रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट पनि थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा समय खर्चिने राजनीतिज्ञ तथा समाजसेवीहरुले मान सम्मान पाउने योग रहेकोछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । माया प्रेम तथा पति पत्निविचको सम्बन्धमा थप आत्मियता बढेर जानेछ । अध्ययनमा मन जाने हुनाले छात्रछात्राहरुले भनेजस्तो नतिजा हात पार्न सक्नेछन् । बिहानको समय मध्ययम रहेकोले दिगो योजनाका लागी ऋण लिएर काम चलाउनु पर्ने बाध्यता आउनेछ । अवसरको खोजीको लागी देश विदेशको यात्राको तय गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तापनि यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
उच्च तथा बिशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुँनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुँनेछ । अवसरवादीहरुले हर तरह फसाउँन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा परिस्थिती अनुकुल तथा सहज बनाईराख्न प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा समय दिएपनि न्युन प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । तरपनि अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिने भएपनि बाटोमा समस्या झेल्नु पर्ने हुन सक्छ । राज्यसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ठुला तथा महत्वकाक्षी योजनाहरुका लगानि गर्नको लागि केहि समय कुर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यका लागि योग तथा साधनमा ध्यान दिनुनै उत्तम रहनेछ । पढाई लेखाईमा मन नजादा नतिजा तथा पुरस्कार अरुकै हातमा जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँनयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुँनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस