वि.सं.२०७७ साल साउन १५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– एकादशी,४७ घडी २३ पला,रातको १२ बजेर २४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अनुराधा,१० घडी ० पला,बिहान ०९ बजेर २६ मिनेट उप्रान्त ज्येष्ठा । योग–ब्रम्ह,२५ घडी ३७ पला,दिउसो ०३ बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र । करण– वणिज,दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३३ घडी ३४ पला । पुत्रदा एकादशी । खिर खाने सास्कृतिक दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् । तपाईका सुचनाहरु बहिरिने हुँदा मान सम्मानमा कमिको महशुष हुँनेछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार व्यावसायबाट आम्दानि गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययनमा प्रशस्त समय दिएपनि भनेजस्तो नतिजा हात पार्न मुस्किल हुनेछ । विवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु भन्दा पछी परिने चिन्ताले सताउँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँको पक्षमा नहुन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटाव सिर्जना हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय तथा परिश्थितिको तालमेल मिल्दा चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । गरेको कामबाट भनेजस्तो आम्दानि हुदा व्यापारमा थप लगानि बढाउन सकिनेछ । आफन्त तथा सन्तानको सहयोगले दैनिकी सहजीकरण तर्फ धकेलिनेछ । पढाइ लेखाइ राम्रो हुने तथा पढाइकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनितिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा आफुतिर पार्न निकै नै मेहनेत गर्र्नुपर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । व्यापारमा प्रसस्त समय दिएमात्र आम्दानी बढाउँन सकिनेछ । लेखन कला तथा साहित्यका कामहरु थाती रहनेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडिहरुका लागि समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईको कमजोर प्रस्तुतिको फाईमा अरुलेनै उठाउन सक्छन् । राजनीतिज्ञ तथा व्यापारीको लागि समय मध्ययम रहेकोछ । व्यापारमा लगानि गर्नको लागि समय मध्ययम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । तरपनि प्रयत्न गर्दा पढाई लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
फजुल खर्च बढ्नेछ । खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ । एनजिलो तथा बिदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुँनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुँनेछ । अवसरवादीहरुले हर तरह फसाउँन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस