वि.सं.२०७७ साल साउन १२ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–सप्तमी,०९ घडी ३८ पला,बिहान ०९ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–चित्रा,२१ घडी १० पला,दिउसो ०१ बजेर ५३ मिनेट उप्रान्त स्वाती । योग– साध्य,४६ घडी ५९ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त शुभ । करण–वणिज,बिहान ०९ बजेर १६ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ०२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४३ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रतिस्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य जीवन तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आत्मिय मित्र तथा आमा सँग छुट्टिएर यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लेखन कला तथा साहित्यमा समय लगानि गरि आफ्ना सिर्जनाहरु जनमानसमा लैजान सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय राम्रो रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । समय मध्ययम रहेकोले अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रुपैया पैसा तथा भौतिक सम्पतीको राम्रोसँग व्यावस्थापन गर्नुहोला हराउँन सक्छ । दैनिक खर्च भन्दा आकश्मिक खर्च बढेर जानेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । आफन्त,साथिभाईसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । उठ्नुपर्ने रकम तत्काललाई पर सर्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिका अवसर जुट्नेछ । सरकारि तथा प्रशासनीक काममा तपाईको गतिलो उपश्थिती रहनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि प्रयत्न गर्दा व्यापारबाट सामान्य लाभ लिन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस