रसुवा- गोसाइँकुण्ड जाने धार्मिकमार्गमा पर्ने असहज स्थानमा फलामे पाइपको बार लगाइएको छ । नेपाली सेनाको तर्फबाट लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ कालीजङ्ग गणले धार्मिकमार्गमा पर्ने बुद्वमन्दिरबाट गोसाइँकुण्डसम्म फलामे पाइप राख्न थालेको हो ।
प्रत्येक वर्ष गङ्गा–दशहरा एवं जनैपूर्णिमामा गोसाइँकुण्ड जाँदा असहज हुने यात्रुलाई बारको सहायताले हिँड्न सहज हुने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । ककरो भिरमा समात्ने ठाउँसमेत नहुँदा धार्मिक यात्रुलाई जोखिम हुने भएकाले उनीहरुको सुरक्षाका लागि नेपाली सेनाले दुई दशमलव ५८ किलोमिटर क्षेत्रमा फलामे बार लगाउने काम अगाडि बढाएको रसुवामा कार्यरत कालीजङ्ग गणले जनाएको छ ।
फलामे पाइपद्वारा बार निर्माणका साथसाथै धार्मिकमार्गको मर्मत तथा सुधारका कामसमेत एकसाथ अगाडि बढाइ समग्रमा ८० प्रतिशत काम पूरा भएको सो गणले जनाएको छ । झरी, बादल र चिसोपनलाई कुनै प्रवाह नगरी नेपाली सेनाले जोश, जाँगरका साथ बाटो मर्मत सुधार र जेनेटरको सहायताले फलामको पाइप ज्वाइन गर्दै अगाडि बढिरहेको चन्दनबारीका सुब्बा लामाले बताए ।
यस्तै उक्त गणले विगतका वर्षमा ऐतिहासिकस्थल रसुवागढीमा राष्ट्रिय झण्डा फहराइ शिलालेख तयार, बिरामी उद्वारका लागि धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण, बोकेझुण्डा र नागुङ प्राविको पूर्वाधार निर्माणजस्ता कार्यमा उल्लेखनीय योगदान पु¥याएको रसुवा जिल्लाकै वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताए । तामाङका अनुसार उक्त गणका पूर्वगणपति शीतल बानियाँको समेत महत्वपूर्ण योगदान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा यसभन्दा अघि तैनाथ नारायण दल गणका गणपतिद्वय लक्ष्मण थापा र विक्रम गुरूङले पनि भूकम्पपश्चात उद्वार एवं पुनःनिर्माणका काममा उल्लेखनीय योगदान पु¥याएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस