वि.सं.२०७७ साल साउन ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– चतुर्थी,२७ घडी ३८ पला,बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त पंचमी । नक्षत्र– पूर्वाफाल्गुनी,३३ घडी १४ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–वरियान,१६ घडी ५६ पला,दिउसो १२ बजेर १० मिनेट उप्रान्त परिध । करण–वणिज,बिहान ०५ बजेर ३० मिनेट उप्रान्त भद्रा,बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त बव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह,रातको १२ बजेर १९ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५० पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाइ लेखाइमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । तरपनि प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै बिजय भईनेछ । राम्रा काम गरि अरुको बिश्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
दाजुभाई तथा छिमेकबाट आर्थिक सहयोग तथा सकारात्मक सल्लाह पाईनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरुले सहयोग गर्नेछन् । प्राकृतिक स्रोत साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बन्द व्यापारमा मन्दि आउँनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । उपलब्धिबिहिन तथा चुनौतिपूर्ण काममा दौडनु पर्दा समय त्यतिकै व्यातित हुनेछ । सत्रुभाव राख्नेहरु सलबलाउनेछन् भने कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । अध्ययनमा समय नदिए नतिजा अरुतिरै जानेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले तर्कवितर्क तथा प्रतिष्पर्धामा बिजयको योग रहेकोछ । बिद्यार्थी वर्गको लागि समयले साध दिने हुनाले नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा सामाजिक क्षेत्रमा समय लगानि गर्नेहरुले पदप्रतिष्ठा पाउने योग रहेकोछ । वन्द व्यापारमा फड्को मार्दै मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
जीवन शैलि व्यास्त रहेपनि उपलब्धि भने न्युन हुनेछ । राजनीतिज्ञ तथा सामाजिक काम गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले हातमा आईसकेको उपलब्धि फुत्कन सक्छ । यात्रा गर्दा वा यात्रासँग सम्बन्धित कामगर्दा ध्यान दिनुहोला । तरपनि ईमान्दारी तथा लगनशिल भई लाग्नाले मात्र भनेजस्तो सफलता हात पार्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापारमा सामान्य वृद्धि हुनेछ भने छोटो दुरिको यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । चिट्ठा पर्ने तथा नसोचेको धन सम्पती प्राप्त हुनेछ । अग्रज तथा आफन्तले सहयोग तथा समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
यात्रा गर्दा ध्यान दिनुहोला यात्रागर्दा चाहीने सामग्रीहरु अपुग हुन सक्छ । आर्थिक मुद्दाहरु थाति रहनेछन् भने व्यापारमा मन्दि आउने तथा दैनिक काम नबन्नाले व्यावहार टार्न समस्या पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । घर परिवार तथ आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । प्रेम गर्नेहरुका लागि समय मध्ययम रहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रियजन भेट हुनुको साथै आधित्यपुर्ण सम्मान पाईनेछ । पढ्ने लेख्नेकाममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस