वि.सं.२०७७ साल आषाढ २२ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– प्रतिपदा,१० घडी १० पला,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– उत्तरषाढा,४६ घडी ४९ पला,बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त श्रवण । योग– वैधृति,४४ घडी २३ पला,बेलुकी ११ बजेर ०० मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–धनु ,बिहान ०५ बजेर ४२ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २६ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरि धन आर्जन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पति प्राप्त हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भाग्य भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसायमा भने मन्दि आउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
ऋणभार बढ्ने वा उधारो लानेहरुले समयमा भुक्तानी नगर्दा आर्थिक कारोबार मिलाउँन हम्मेहम्मे पर्नेछ । सानो गल्तिको कारण दण्ड तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । व्यापारी वर्गहरुले सहकर्मी तथा कामदारहरुबाटनै चनाब झेल्नु पर्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिभिन्न भौतिक तथा बिलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले न्यून आम्दानि हुनेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रतिस्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ । साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय व्यातित हुने हुँदा मन प्रशन्न रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्त तथा साथिभाई सँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउँनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लगनशिलता तथा मेहनेतले राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरुले पद तथा मान सम्मान पाउने योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रुपैया पैसा तथा भौतिक सम्पतीको राम्रोसँग व्यावस्थापन गर्नुहोला हराउँन सक्छ । दैनिक खर्च भन्दा आकश्मिक खर्च बढेर जानेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । आफन्त,साथिभाईसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । उठ्नुपर्ने रकम तत्काललाई पर सर्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउँनेछन् । व्यापार व्यावसायमा सामान्य आम्दानि हुँनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस