वि.सं.२०७७ साल आषाढ १२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुन २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– पंचमी,०४ घडी २६ पला,बिहान ०६ बजेर ५१ मिनेट उप्रान्त षष्ठी,रातको ०४ बजेर ५० मिनेट जादा सप्तमी । नक्षत्र– मघा,१४ घडी ५४ पला,बिहान ११ बजेर ५० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– बज्र,०१ घडी ०४ पला,बिहान ०५ बजेर ३० मिनेट उप्रान्त सिद्धि । करण– बालव,बिहान ०६ बजेर ५१ मिनेट उप्रान्त कौलव,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– काण योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३४ पला । विश्व लागूपदार्थ ओसार–पसार विरुद्धको दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय तथा परिश्थितिको तालमेल मिल्दा चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । गरेको कामबाट न्यून आम्दानि हुँदा व्यापारमा मन्दि आउनेछ । आफन्त तथा सन्तानको सहयोगले दैनिकी सहजीकरण तर्फ धकेलिनेछ । पढाइ लेखाइ राम्रो हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कुटुम्ब तथा आफन्तको सहयोगले राम्रा तथा देखिने कामहरु गर्न सकिनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ । घरपरिवारमा मानिसँग जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै राम्रा काम गर्न सकिनेछ । आर्थिक गतिबिधिहरुमा मन्दी आउनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा समय खर्चिने राजनीतिज्ञ तथा समाजसेवीहरुले मान सम्मान पाउने योग रहेकोछ । माया प्रेम तथा पति पत्निविचको सम्बन्धमा थप आत्मियता बढेर जानेछ । अध्ययनमा मन जाने हुनाले छात्रछात्राहरुले भनेजस्तो नतिजा हात पार्न सक्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । तरपनि प्रयत्न पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अरुको भर पर्दा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतिको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाति रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसायमा प्रशस्त सामान्य आम्दानि गर्न सकिनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी छोटो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउँनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कर्मचारि,राजनेता तथा सामाजिक क्षेत्रमा कामगर्ने अभियन्ताले सहकर्मी तथा सहयात्रिबाट सहयोग पाउनेछन् । कुनैपनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उपलब्धि हासिल गर्न सकिनेछ । बिद्यार्थीहरुका लागि आजको दिन सफलता हात पार्न सकिने समय रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस