वि.सं.२०७७ साल आषाढ ११ गते । बिहीबार । ईश्वी सन् २०२० जुन २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– चतुर्थी,०८ घडी ५३ पला,बिहान ०८ बजेर ४४ मिनेट उप्रान्त पंचमी । नक्षत्र– अश्लेषा,१९ घडी ३१ पला,दिउसो ०१ बजेर ०० मिनेट उप्रान्त मघा । योग– हर्षण,०७ घडी १० पला,बिहान ०८ बजेर ०३ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बिहान ०८ बजेर ४४ मिनेट उप्रान्त बव,बेलुकी ०७ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा– अमृत योग । चन्द्रराशि–कर्कट,मध्यान्न ०१ बजे उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । व्यापार व्यावसायबाट न्यून धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावि आउँन सक्छ । पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेको पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्तको सहयोग पाईने हुनाले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समयमा बिदेशी सामानको व्यापार व्यावसायमा मन्दि आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरि नाम कमाउँन सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिहानको समय राम्रो रहेकोले औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउने तथा लगानि नउठ्नाले दैनिकी प्रभावित हुनेछ । काम गर्दा नियम संगत गर्नुहोला जरिवाना तथा दण्ड तिर्नुपर्ने हुनसक्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउँन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्नी बिचको सम्वन्धमा अविश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाई लेखाईमा पछि परिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुँनेछ । अवसरवादीहरुले हर तरह फसाउँन खोज्नेछन् ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकोले धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा चासो बढ्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रुपैयापैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । संकट व्यावस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुँनेछन् । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । घर परिवारमा आउँने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
माया प्रेममा नजिक हुन सकिने तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट विवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु भन्दा पछी परिने चिन्ताले सताउँनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँको पक्षमा नहुन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटाव सिर्जना हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस