वि.सं.२०७७ साल आषाढ ०९ गते । मंगलबार । ईश्वी सन् २०२० जुन २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– द्वितीया,१५ घडी ११ पला,बिहान ११ बजेर १५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पुनर्वसु,२२ घडी १८ पला,दिउसो ०२ बजेर ०६ मिनेट उप्रान्त तिष्य । योग– ध्रुव,१७ घडी १८ पला,दिउसो १२ बजेर ०६ मिनेट उप्रान्त व्याघात । करण– कौलव,बिहान ११ बजेर १५ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त गर । आनन्दादिमा– स्थिर योग । चन्द्रराशि–मिथुन,बिहान ०८ बजेर ०७ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला । जगन्नाथ रथयात्रा । ओलम्पिकदिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले उद्योग तथा व्यापारबाट केही मात्रामा फाईदा लिन सकिनेछ । गरिएका कामबाट छोटो समयमा नै भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । शत्रु तथा प्रतिष्पर्धीलाई किनारा लगाउदै अग्रगामी छलाङ मार्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले घरपरिवार तथा आफन्तको सहयोग पाईनेछैन । अरुको आष गर्ने बानिले आफ्नो काम अधुरो रहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । लेखन कला तथा साहित्यमा बाकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउँने चाहनेहरुला लागि समय उत्तम रहेकोछ । आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा न्युन आम्दानी हुनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउँन सक्नेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरि प्रभुत्व जमाउँन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अग्रज,आफन्त तथा साथिभाईको बिषेश भेटघाटले व्यावसायको लागि योजना बनाउँन सहयोग पुग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फन अरुको मन आकर्षित गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसायमा सामान्य नाँफा कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्ने हुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई सामान्य धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँनयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा हुने यात्रा खर्चिलो बन्नेछ भने सफलता प्राप्त गर्न प्रशस्त समय खर्चनु पर्नेछ । हडबढि तथा आत्तिने बानिले घर परिवारमा समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । समयको काम अनुसार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुने तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । तरपनि सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस