रसुवा- कोभिड–१९ का कारण तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा पर्वको मेला प्रभावित भएको छ । दशहरा पर्वअन्तर्गत प्रत्येक वर्ष १० दिन लाग्ने धार्मिक मेला यस वर्ष शनिबारदेखि शुरू भए तापनि बन्दाबन्दीे यातायात बन्द हुँद पूर्ण रूपमा प्रभावित भएको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन समितिले जनाएको छ ।
गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिन गङ्गा दशहरामा यही जेठ १९ गते गोसाइँकुण्ड मन्दिरमा एक पुजारी पठाई विशेष पूजा गर्ने तयारी भइरहेको समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । बन्दाबन्दीले गोसाइँकुण्डको धार्मिक मार्गमा रहेका होटल तथा लजसमेत बन्द भइसकेको बताइएको छ । वेगवान् गङ्गालाई पृथ्वीमा ल्याउने क्रममा महादेवले जटामा राखेर थामिदिएको पुराणमा वर्णित छ ।
सत्ययुगमा समुद्र मन्थन गर्दा संसार दग्ध गराउने कालकूट विष पिएर उत्पन्न डाह शान्त पार्न महादेव निलाद्री पर्वत पुगेर कुण्डको उत्पत्ति गराई विराजमान भएकाले वर्षेनी भक्तजन स्नान र पूजाआजाका लागि गोसाइँकुण्ड जाने परम्परा रहिआएको छ । गोसाइँकुण्डमा वर्षको दुई पटक गंगादशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्छ ।
समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा भक्तजन पुग्न नसके पनि समितिका तर्फबाट विशेष पूजा गरेर धार्मिक विधि पूरा गरिने अध्यक्ष डिएमले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस