वि.सं.२०७७ साल जेठ ०४ गते । आईतबार । ईश्वी सन् २०२० मे १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– दशमी,२१ घडी ५६ पला,दिउसो ०२ बजेर ०२ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाभाद्रपदा,२५ घडी ३६ पला,दिउसो ०३ बजेर ३० मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– विष्कुम्भ,५९ घडी २५ पला,रातको ०५ बजेर ०२ मिनेट उप्रान्त प्रिती । करण– भद्रा,दिउसो ०२बजेर ०२ मिनेट उप्रान्त बव,रातको ०२ बजेर ५९ मिनेट उप्रान्त बालव । आनन्दादिमा– चर योग । चन्द्रराशि–कुम्भ,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त मिन । काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ४५ पला । विश्व दुरसञ्चार दिवस । विश्व उत्त रक्तचाप दिवस । पञ्चक ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अनावश्क तथा फजुल खर्च बढ्नेछ । खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाईनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बुवा तथा बुवा सरहका व्याक्तीबाट भरपुर सहयोग प्राप्त हुनाले कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्न सकिनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । माया प्रेम गर्नेहरुले सामाजिक सञ्जालबाट नै आफ्ना भावनाहरु साटासाट गर्न सक्नेछन् । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानि घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाईमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । प्रेमको डोरो कसिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
उद्यमी तथा व्यापारीहरुका लागि समय मध्ययम रहेकोछ । बाधा अवरोधहरु स्वत हटेर जानेछन् । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने स्वअध्ययनले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेकोछ । आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाइ लेखाइमा प्रगति हुनेछ भने आफ्नो शिक्षा तथा ज्ञानलाई निखार्ने मौका मिल्नेछ । राम्रा तथा सुखद समाचारले काम गर्न प्रेरणा जुट्नेछ । आफन्त अग्रज तथा शुभचिन्तकको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीति तथा समाजसेवामा जनताको कामगरि नाम कमाउन सकिनेछ । राम्रो काम गरि परिवार तथा समाजमा गुमेको साख फिर्ता गर्ने समय रहेकोछ । अध्ययनमा समय लगानी गर्ने बिद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । प्रेममा नजिक हुन सकिनेछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस