वि.सं.२०७७ साल जेठ ०१ गते । बिहीबार । ईश्वी सन् २०२० मे १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि–सप्तमी,१२ घडी ०९ पला,बिहान १० बजेर ०९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–श्रवण,११ घडी ०६ पला,बिहान ०९ बजेर ४४ मिनेट उप्रान्त धनिष्ठा । योग–ब्रम्ह,५७ घडी २८ पला,रातको ०४ बजेर २८ मिनेट उप्रान्त ऐन्द्र । करण– बव,बिहान १० बजेर ०९ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा– ध्वज योग । चन्द्रराशि–मकर,बेलुकी १० बजेर २६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ३६ पला । ज्येष्ठ संक्रान्ति। अष्टमी व्रत। सूर्य वृष राशिमा बेलुकी ०९ बजेर २४ मिनेटमा प्रवेश । धनिष्ठा पञ्चक बेलुकी १० बजेर २६ मिनेटमा आरम्भ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाई लेखाईमा मन जाने हुनाले नतिजा अफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापारमा मन्दि आउने भएपनि कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि नाँफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । तरपनि समय प्रतिकुल रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेमको बन्धन कसिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मनमा धार्मिम प्रवृति जागृत हुने तथा धार्मिक प्रवचन सुन्ने अवसर जुर्नेछ । अध्ययनमा शुभचिन्तक तथा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै राम्रो नतिजा हात पार्न सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सानातिना समस्याले तपाईलाई कमजोर बनाउनेछ । रिक्स लिने बानिले थप समस्या पैदा गर्नेछ । व्यापारमा लगानि गरेपनि आम्दानि न्युन हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेम तथा मित्रताको बन्धन नचाहादा नचाहादै टुट्न सक्छ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिभिन्न भौतिक तथा बिलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा मन्दि आउने तथा आम्दानी कम हुनेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रियजन भेट हुनुको साथै आथित्यपुर्ण सम्मान पाईनेछ । पढ्ने लेख्नेकाममा सफलता हात पार्न सकिनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि समय अनुकुल नभएकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ । उपहार तथा भौतिक सम्पति हातलागि हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनिति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखि रिसाउँनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । अध्ययन अध्यापनमा भनेजस्तो नतिजा नआउँन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा दाजुभाईबाट सहयोेग पाईनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धन सम्पती तथा आर्थिक अवस्थाको लागि मसय मध्ययम रहेकोछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कलाकृति तथा गित संगीतको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय राम्रो रहेकोछ । व्यापारमा मन्दि तथा घाटा हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त हुनेछ । स्रोतसाधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अग्रज तथा मान्यजनको आशिर्वाद लिईदै अगाडि बढ्नुहोला । कृषि तथा पशुपालन व्यावासायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस