वि.सं.२०७७ साल वैसाख ३० गते । मंगलबार । ईश्वी सन् २०२० मे १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– पंचमी,११ घडी ३२ पला,बिहान ०९ बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– पूर्वाषाढा,०७ घडी १० पला,बिहान ०८ बजेर ११ मिनेट उप्रान्त उत्तरषाढा । योग– साध्य,०३ घडी २५ पला,बिहान ०६ बजेर ११ मिनेट उप्रान्त शुभ । करण– तैतिल,बिहान ०९ बजेर ५५ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा– मित्र योग । चन्द्रराशि–धनु ,दिउसो ०२ बजेर १६ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ३१ पला । विश्व नर्स दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापारमा मन्दि आउनेछ । मन परेको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुने गतिलो योग रहकोछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक तथा राजनीतिक काममा रुचि बढ्ने तथा राम्रा काम गरि नाम दाम दुवै कमाउँन सकिनेछ । धार्मिक मनोबृति बढ्नेछ भने धार्मिक क्षेत्रसँग सम्बन्धित व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । कल्पना तथा तार्किक क्षमतामा बृद्धि हुनेछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्या दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले माया प्रेम तथा पति पत्नी विचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा चेलीमाईती बिच मनमुटाब बढ्ने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मित्रताको बन्धन कसिलो हुँनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । प्रतिभाको उच्च मुल्याङकन हुँनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्वन्धी पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । प्रेम प्रसङमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाईमा प्रगति गर्दै सफलता हात पार्न सकिनेछ । कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । साझपख राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राम्रा तथा पुरुषार्थि काम गरि नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । मिडियाकर्मी तथा लेखकका लागि समयले राम्रो प्रतिफल दिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समयले त्यति साथ नदिय पनि प्रयत्न गर्दा पढाइ लेखाइमा राम्रो नतिजा हात पार्न सकीनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्दै अगाडि बढ्नुहोला । गाएन तथा सांगितिक क्षेत्रमा समय लगानि गर्नेहरुले समाज वा सामाजिक सञ्जालबाट राम्रो समर्थन पाउनेछन् । खानपामा ध्यान नदिए स्वास्थ्यमा सामान्य समस्या आउँने गर्दछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । तरपनि बिहानको समय मध्ययम रहेकोले काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पैत्रिक धन तथा सम्पतिको प्रयोग तथा परिचालन गरि कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्न सकिनेछ । अग्रज तथा मान्यजनको आशिर्वाद लिईदै अगाडि बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि समय प्रतिकुल रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस