वि.सं.२०७७ साल वैसाख २९ गते । सोमबार । ईश्वी सन् २०२० मे ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– चतुर्थी,१३ घडी ०५ पला,बिहान १० बजेर ३३ मिनेट उप्रान्त पंचमी । नक्षत्र– मूल,०७ घडी ०३ पला,बिहान ०८ बजेर ०८ मिनेट उप्रान्त पूर्वाषढा । योग– सिद्ध,०७ घडी २२ पला,बिहान ०८ बजेर १६ मिनेट उप्रान्त साध्य । करण– बालव,बिहान १० बजेर ३३ मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर ११ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– लुम्ब योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी २८ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धार्मिक तथा अध्यात्मिक चेतानाले समाजसेवामा मन जागृत हुनेछ । यात्रा भरसक स्थगित गर्नुहोला । सरकारी क्षेत्रमा बसेर सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम गर्दिनाले अन्य काममा हात हाल्न सकिनेछ । खोजीमुलक क्षेत्रमा समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा दिदि बहिनीसँग मनमुटाव तथा विवाद बढ्ने योग रहेकोछ । कुनैपनि काम पुनह गर्नुपर्दा नैराश्यता बढ्नेछ । आर्थिक मुद्दाहरु हल गर्न निकैनै समय खर्चनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा गर्न चाहनेहरुका लागि समयले साथ दिने छैन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
साथिहरु वा आफन्तसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रतिस्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक गरि नाम कमाउन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नाँम कमाउँन गरिएका प्रयासबाट उल्टै क्षति बेहोर्नु पर्नेछ भने सामाजिक तथा राजनीतिक विषयहरुको उठान आज नगर्नु नै उचित हुँनेछ किनकि त्यस्ता विषयसँग सम्वन्धीत मुद्दाहरु आज किनारा लाग्ने छैनन् । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईको प्रतिभाको उच्च सम्मान हुँनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । बिद्यामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँन सकिनेछ । समयको महत्व बुझि अगाडी बढ्दा जिवन शैलिमा उल्लेख्य सुधार हुँनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने काम फस्टाएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साथिभाई वा आफन्तका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा मन्दि आउनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागि समय उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यावसायमा मन्दि आउने तथा घाटा हुनेछ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायमा लागनी गर्न सकिनेछ । प्रणय सम्वन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस