वि.सं.२०७७ साल वैसाख १९गते । शुक्रबार । ईश्वी सन् २०२० मे ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– अष्टमी,०८ घडी २५ पला,बिहान ०८ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र– अष्लेषा,३८ घडी ४८ पला,बेलुकी ०८ बजेर ५८ मिनेट उप्रान्त मघा । योग– गंड,२२ घडी १४ पला,दिउसो ०२ बजेर २० मिनेट उप्रान्त वृद्धि । करण– बव,बिहान ०८ बजेर ४९ मिनेट उप्रान्त वालव,बेलुकी ०७ बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर ५८ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेट । दिनमान ३२ घडी ५५ पला । अष्टमी व्रत। गोरखकाली पूजा। श्रीपशुपतिनाथमा दमनार्पण। श्रमिक दिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा साथिभाई सँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउँनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकि रहेको काम थाति रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै काम गर्न सकिनेछ । मेहनेतले प्रतिष्पर्धिहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउँन सक्नेछन् । पढाईलेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउने तथा लगानि नउठ्नाले दैनिकी प्रभावित हुनेछ । काम गर्दा नियम संगत गर्नुहोला जरिवाना तथा दण्ड तिर्नुपर्ने हुनसक्छ । राम्रोहुने आषामा धेरै बस्तु त्याग्नु पर्ने बाध्यता आउँनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनाले मन प्रशन्न हुनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ । खानपान तथा सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तरपनि पैत्रिक धन कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्दा आगामी दिनमा लाभ लिन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा मन जानेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा घाटा लाग्नेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा हातमा आईसकेका बिभिन्न अवसरहरु गुम्नेछन् । नचाहादा नचाहादै प्रिय पात्रसँग छुट्टिनुपर्दा मन खिन्न हुँनेछ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
परिवार तथा कुटुम्बविच रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ज्ञान तथा बुद्धिको प्रयोग गरि लेखनकला तथा साहित्यलाई निखार्न सकिनेछ । घरपरिवार तथा समाजमा तपाईँले गरेको कामको सबैले समर्थन गर्र्नेछन् । अविवाहित हुनुहुन्छ भने प्रेम प्रश्ताव आउँने बलियो सम्भावना रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस