काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानब जिबन अस्तव्यस्त बनिरहेको अबस्थामा कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्रपरेका पिडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ ।
हाँडीगाउँ पञ्चेश्वरधारा स्थित आश्रमले बिगत २४ दिनदेखि वीर अस्पताल अगाडिको खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, कलंकी साथै कोटेश्वरमा दैनिक अलपत्र परेका पिडित मजदूरहरुलाई खानाको व्यवस्था गर्दै आएको यस अभियानका संयोजक महाराज योगी विश्वनाथ सन्तले बताए |
‘जहाँ–जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम’ भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूुरहरुलाई खाना खुवाउँदै गरेको र योगी विश्वनाथका अनुसार दैनिक दुई सय केजी चामल, ५० केजी आँटा, एक सय केजी दाल, ५० केजी सब्जीको व्यवस्था हाम्रो आश्रमले गरेको छ ।
युवा समाजसेवी स्वयंसेवकहरु र गोरक्ष सेवक लगायत संचारकर्मी सुर्य चन्द र नेपालको पहिलो महिला चलचित्र निर्देशक/संचारकर्मी/समाजसेवी सुचित्रा श्रेष्ठले सुरुवाती दिनदेखि यस अभियानमा सक्रिय भूमिका निर्बाह गर्दै सहयोगको साथमा सहभागी भएर दैनिक रुपमा खाना खुवाउने कार्यमा निरन्तर सेवा गर्दै आएको कुरा योगी विश्वनाथको भनाइ छ । हरेक दिन देउराली मिडियाले यस अभियानको बारेमा प्रत्यक्ष जानकारी गराउदै आएको कुरा समेत संचारकर्मी सुचित्रा श्रेष्ठले बताइन ।
‘जागो गोरक्ष जागो’का गोरख सेवकहरुको समूहले दैनिक अहोरात्र खटेर खाना बनाउने र वितरण गर्ने कार्य गर्दै आएको र पछिल्लो समय काठमाडौँ महानगरपालिकाले समेत खाद्यान्न सयहोग गर्दै आएको यस अभियानका सदस्य जनक ढुंगाना बताउछन ।
यसैगरी अन्य विभिन्न समाजसेवी व्यक्तित्व लगायत एकीकृत ग्रामीण बिकास केन्द्र, नेपाल प्रहरी श्रीमती संघ द्वारा संचालित आसरा केन्द्र रानीबारीले समेत केहि खाद्यान्न, तरकारी सहयोग गरेको कुरा ढुंगानाले जानकारी गराए ।
पबित्र सेवाभाबले सुरु गरिएको खाना खुवाउने यस अभियानमा कुनै पनि अन्य संघ संस्थाहरुको सहकार्य नभएको र गोरखनाथ मठ हाँडीगाउँ बाट मात्र संचालित भएको कुरा अर्का सामाजिक अभियन्ता शिब अग्रवाल बताउछन ।
एकीकृत ग्रामीण बिकास केन्द्रका अभियन्ता यादब ढुंगानाका अनुसार सडकमा अलपत्र परेका राहत बिहिन बेसहारलाई यसरि आफै खाना बनाएर खुवाउने काम यस आश्रम मार्फत भएको हुँदा यस पबित्र कामको लागि आफु लगायात संस्थाले आबश्यक केहि खाद्यान्न सहयोग गरेको जानकारी गराए ।
‘आश्रमले श्रमिक मजदुरहरुलाई मात्र नभएर अलपत्र परेका, पिडित दुखि र राहत नपाएका भोकाहरु सम्पूर्णलाई काठमाडौँको विभिन्न स्थानहरु बाट खाना वितरण गर्ने गर्दै आएको र लकडाउन अबधिभर यस खाना खुवाउने कार्यलाई निरन्तरता दिने कुरा संचारकर्मी कलाकार तथा समाजसेवी सुर्य चन्दले जानकारी गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस