वि.सं.२०७७ साल वैसाख १४ गते । आईतबार । ईश्वी सन् २०२० अप्रिल २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख शुक्लपक्ष । तिथि– तृतीया,१५ घडी २२ पला,बिहान ११ बजेर ४० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– रोहिणी,३९ घडी ३१ पला,बेलुकी ०९ बजेर १९ मिनेट उप्रान्त मृगशिरा । योग– शोभन,४२ घडी ३९ पला,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त अतिगण्ड । करण– गर,बिहान ११ बजेर ४० मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ५६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ३८ पला । प्रतिलिपि अधिकार दिवस । अक्षय तृतीया। धर्मघटादि दान गर्ने दिवस। त्रेतायुगादि। लुभुमा महालक्ष्मी–भैरव यात्रा। कोटेश्वर महादेवस्थानमा शिव–पार्वती विवाह महोत्सव।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा शुभचिन्तकको भावना तथा सल्लाह सुझावलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापारमा मन्दि आउनेछ भने नयाँ लगानिको लागि केहि समय कुर्नुनै उत्तम हुनेछ । धन तथा भौतिक सम्पति प्रयोग गर्न कसैलाई पनि नदिनुहोला सामानमा क्षति पुग्ने तथा दिईएको धन फर्केर आउनेछैन । तरपनि परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीति,समाजसेवीहरुले समाजमा राम्रा काम गरि स्थापित हुने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । अध्ययनमा मन जाने तथा प्रतिश्पर्धीहरुलाई किनारा लगाउदे चाहेको गन्तब्य भेटाउन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खर्च भावमा गोचर गर्ने चन्द्रमाले आम्दानि भन्दा खर्च बढ्ने हुँदा लगानीका अन्य अवसर गुम्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गरि कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा दैनिकि प्रभावित हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आश्वासन तथा बचन दिनेहरुले झुक्याउन सक्छन् ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउदा आउदै न्युन पारिश्रमिकमा समग लगानि गर्नुपर्ने हुन सक्छ । मनपरेको भौतिक बस्तु तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दिदिबहिनी विच सम्बन्ध बिग्रनेछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । साथि संगि तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो पार्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । विवाद तथा प्रतिष्पर्धामा तपाईको जित हुनेछ । मामा तथा मावली पक्षबाट राम्रो सहयोग पाईनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग राम्रा काम गर्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयले साथ दिनेहुदा लेख तथा रचनाहरुलाई प्रकासित गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने हुदा मन प्रशन्न हुनेछ । बिवाद तथा न्यायसम्पादन तपाईको पक्षमा हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस