वि.सं.२०७७ साल वैसाख ०९ गते । मंगलबार । ईश्वी सन् २०२० अप्रिल २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– चतुर्दशी,अहोरात्र । नक्षत्र– उत्तरभाद्रपदा,१३ घडी ११ पला,बिहान १० बजेर ५२ मिनेट उप्रान्त रेवती । योग– वैधृति,४० घडी ५५ पला,बेलुकी ०९ बजेर ५८ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,साझ ०४ बजेर ३९ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी १९ पला । पञ्चक। मातातिचह्रे पूजा।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम वा अधययनमको शिलशिलामा विदेशमा हुनुहुन्छ भने खानपान र मौषमको ख्याल गर्नुहोला । प्रेममा रमाउँन चाहने हरुका लागी समय मध्ययम रहेकोछ । अध्ययनमा मन जाने छैन । व्यापारमा घाटा लाग्नाले आर्थिक अवस्था नाजुक हुनेछ । सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा मन्दि तथा घाटा लाग्नेछ । बिषेश गरि तरल पदार्थ तथा औषधीजन्य सामानको बिक्री वितरणमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन प्रयोग गर्दा वा बाटो हिड्दा ख्याल गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । तरपनि स्वास्थ्यको ख्या गर्नुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आमा बुवाको सहयोगबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा मन लाग्ने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दा आउँने दिनमा राम्रो फाईदा हुनेछ । सामाजिक सञ्जालको प्रयोग गरि माया प्रेमका भावना साटासाट गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय तथा परिस्थिती अनुकुल तथा सहज बनाईराख्न प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा समय दिएपनि न्युन प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । धार्मिक तथा अध्यात्म जस्ता क्षेत्रमा मन जानेछ । ध्यान तथा साधना गरी समय व्यातित हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्र्नु पर्ने हुनसक्छ । व्यापारमा मन्दि आएसँग आर्थिक स्थिति सहजीकरण गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्नेछ । सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पुराना कमि कमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था भने अन्य समय भन्दा कमजोर रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्त तथा साथिभाईहरुको सहयोग तथा समर्थन रहने छ । वादविवाद तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुले निर्विरोध तपाईको समर्थन गर्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला । हाललाई यात्रा स्थगित गर्नु नै उत्तम रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा व्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनिति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखि रिसाउँनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वअध्ययनले पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काम गर्दिन्छु भनेर आषा देखाउनेहरुले धोका दिनेछन् । आफुले बोलेका कुराहरु पुर्याउन नसक्दा आलोचना गनेहरु सक्रिय हुनेछन् । व्यापारमा लगानि गर्नको लागी केहि समय पर्खनुहोला समय मध्ययम रहेकोछ । आर्थिक अभावले चाहेका वस्तु खरिद गर्न सकिनेछैन । प्रेममा मनमुटाब तथा अबिश्वास सिर्जना नहोला भन्न सकिन्न । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सुचना प्रविधीको प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । पढाई लेखाईका अलाव खेलकुदमा गरिने क्रियाकलापमा हाललाई स्थगित गर्नुहोला । मायाको डोरो कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस