वि.सं.२०७७ साल वैसाख ०६ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– एकादशी,४५ घडी ३७ पला,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– शतभिषा,अहोरात्र । योग– शुक्ल,३७ घडी १० पला,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त ब्रम्ह । करण– बव,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त बालव,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०८ पला । विश्व सम्पदा दिवस । पञ्चक। वरुथिनी एकादशी व्रत।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापारमा घाटा लाग्नेछ । बिद्यार्थीहरुका लागि समयले साथ दिने हुनाले स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । आफन्तका साथ घरमै वसेर समय व्यातित हुनेछ । वंश वृद्धिको योग रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि भविश्यमा लाभ लिन सकिनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पति प्राप्त हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्वन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसायमा मन्दि आएपनि कृषी तथा औषधीजन्य व्यावसायबाट केही मात्रामा लाभ लिन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सापटि मागेर वा ऋण खोजेर दैकिनक गुजारा गर्नुपर्ने हुनसक्छ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यावसायिक क्षेत्रमा गरिएको लगानीमा मन्दि आउँने तथा घाटा लाग्नेछ । घरपरिवार तथा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाइमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । स्वअध्ययनले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय व्यातित गर्न सकिनेछ । तरपनि यात्रा गर्दा ध्यान दिनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाई तथा खोजमुलक क्षेत्रमा मन जानेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरि नाम कमाउँन सकिनेछ । कृषि तथा शहकारि पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दाजुभाई तथा छिमेकीको सहयोग पाईनेछ । साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ लिनेछ । खेलाडी तथा राजनीतिज्ञको लागि राम्रो काम गरि नाम राख्ने समय रहेकोछ । यात्रा गर्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा अलि बढि ध्यान दिदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रेममा नजिक हुने सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागि समय उत्तम रहेकोछ । घरमै बसेर अध्ययन गर्नाले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । आफन्त तथा साथिभाईहरु टाडिनेछन् । व्यापारमा मन्दि आउने तथा खर्च बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । विदेशमा वसेर काम गर्नेहरुका लागी समय मध्ययम रहेकोछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस