वि.सं.२०७७ साल वैसाख ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– दशमी,४२ घडी ०८ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त एकादशी । नक्षत्र– धनिष्ठा,५५ घडी ३२ पला,रातको ०२ बजेर ५२ मिनेट उप्रान्त शतभिषा । योग– शुभ,३७ घडी ०५ पला,बेलुकी ०८ बजेर २९ मिनेट उप्रान्त शुक्ल । करण– वणिज,बिहान १० बजेर ०० मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर,दिउसो ०३ बजेर ०० मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०४ पला । धनिष्ठा पञ्चक दिउसो ०३ बजे प्रारम्भ। भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा। दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अन्य व्यावसायमा घाटा लाग्ने भएपनि कृषि क्षेत्रमा न्युन आम्दानी गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पति प्राप्त हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ भने जीवन साथीको सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विलाशी तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा घाटा लाग्ने तथा मन्दि आउँनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । कृषि क्षेत्रबाट न्युन आम्दानी हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । अध्ययन,लेखन, तथा सामाजिक सञ्जालमा समय बित्नेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको विकास हुँनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग मनमुटाव बढ्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
उत्पादन क्षेत्रमा गरिएको लगानिबाट मन्दि आउँने तथा घाटा लाग्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग गरि समय व्यातित गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समयले त्यति साथ नदिय पनि प्रयत्न गर्दा पढाइ लेखाइमा राम्रो नतिजा हात पार्न सकीनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्दै अगाडि बढ्नुहोला । खानपामा ध्यान नदिए स्वास्थ्यमा सामान्य समस्या आउँने गर्दछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत रचनात्मक कार्य गर्न सकिनेछ । पुराना तथा नया मित्रहरुको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । राजनीतिकर्मि तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । तरपनि घरमै बसेर अध्ययन गर्नाले वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ । स्वअध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँन सकिनेछ । प्रविधिको प्रयोग मार्फत समय व्यातित हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस