गौशाला- कोभिड–१९ का कारण नेपाल लकडाउन भएको तीन हप्ता पुग्न लागेको समयमा प्रदेश नं २ का मठमन्दिर सुनसान भएको छ । प्रदेशका जानकी मन्दिर, जलेश्वर महादेवसहितका मठमन्दिर होलीपर्वबाट नै सुनसान रहँदै आएका छन् । अहिले मठमन्दिरको पूजापाठ पुजारीबाहेक अरुको पहुँचभन्दा बाहिर छ ।
यस क्षेत्रमा लकडाउन शुरु भएसँगै कोरोनाबाट सुरक्षित हुन नयाँनयाँ अभ्यास शुरु गर्न थालिएको छ । अहिले रोटी बनाउन प्रयोग गर्ने काठको चकलामा काठकै बेलना ठड्याएर घरघरमा पूजा हुन थालेको छ । यसरी पूजा गर्दा कोरोना भाइरसबाट जोगिने विश्वास यस क्षेत्रका बासिन्दामा रहेको जलेश्वर महादेव मन्दिर नजिक घर भएका दिलीप चौधरीले बताएका छन् ।
चकलामा बेलना राखेर चारैतिर चामल अथवा आँटाको घेरा राखेर ठाडो पारेर पूजा गर्नेहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ । यो पूजा एकदेखि दुईदिनसम्म रहने गर्छ । चकलामा बेलना ठड्याएर कसैले महारानी त कसैले महादेव भनेर पूजा गर्ने गरेका छन् । तीन हप्तादेखि मन्दिरमा जान नपाएपछि घरमै पूजा गर्ने र कोभिड–१९ को डरबाट केही क्षण मुक्त हुने माध्यम यो अफवाह बनेको योगसाधक नवल यादवको भनाइ छ । यस क्षेत्रका बासिन्दाले भगवान् भन्दै पूजापाठ गर्ने विषय भने नौलो रहेको यादवले जिकिर गरे ।
यस विषयमा मटिहानी मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णवसँग बुझ्न खोज्दा उहाँले कुनै प्रतिक्रिया दिएनन् । स्थानीयवासीका अनुसार यो पूजापाठको कुरा लहान हुँदै जलेश्वर आइपुगेको हो । महोत्तरी जिल्लाकै अन्य ठाउँमा यस्तो किसिमको चमत्कार वा पूजापाठको कुनै चर्चा नरहेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले बताएका छन् । केही दिन अगाडि यस क्षेत्रका मानिसले कपुर, ल्वाङ, अलैँची, हिङसहितको सामग्रीको पोको बनाई घाँटीमा अथवा हातमा बाँधेका थिए । लकडाउनको बेला कोरोना भाइरसबाट जोगिने अफवाहका कारण नयाँनयाँ अभ्यास भइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस