वि.सं.२०७६ साल चैत्र ३० गते । आईतबार । ईश्वी सन् २०२० अप्रिल १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– पंचमी,४२ घडी ५६ पला,बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– ज्येष्ठा,४७ घडी १३ पला,रातको १२ बजेर ३८ मिनेट उप्रान्त मूल । योग– वरियान,५० घडी ५६ पला,रातको ०२ बजेर ०७ मिनेट उप्रान्त परिध । करण– कौलव,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त गर । आनन्दादिमा–काण योग । चन्द्रराशि–बृश्चिक,रातको १२ बजेर ३८ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४५ पला । भक्तपुरमा विश्वध्वज उत्थान। विश्व ज्योतिष महासंघ स्थापना दिवस। चैत्र मसान्त। वि.सं. २०७६ समाप्ति।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् । तपाईका सुचनाहरु बाहिरिने हदा मान सम्मानमा कमिको महशुष हुँनेछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ । विशेष गरि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । घरमै बसेर अध्ययन गर्नाले तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । विशेष गरि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
विवाद तथा प्रतिष्पर्धामा भाग नलिनु नै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । विशेष गरि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उद्यमी तथा व्यापारीहरुका लागि दिनले साथ दिने छैन । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक क्षेत्र फराकिलो हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । विशेष गरि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय तथा परिस्थितिसँग जुध्न नसक्दा अरुभन्दा पछि तपाईँको नाम आउँनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुनेछ । सस्कार तथा सस्कृती बिर्सनाले अग्रजहरु रिसाउँनेछन् । मन परेको मानिस टाडिनाले मनमा खिन्नता पैदा हुनेछ । सेवामुलक व्यावसाय फस्टाएर जानेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले यात्रामा ननिस्कनु होला । अध्ययनमा मन जाने छैन भने नतिजा आफुतिर पार्न निकै नै मेहनेत गर्र्नुपर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । व्यापारमा घाटा लाग्नेछ । लेखन कला तथा साहित्यका कामहरु थाती रहनेछन् । विशेष गरि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार घट्नुको साथै आम्दानिमा कमि आउँनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी सयम राम्रो रहेकोछ । विशेष गरि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सेल्फ कन्फिडेन्ट बढ्ने तथा आट,शाहस, पराक्रम गरि राम्रा काम गर्न सकिनेछ । आर्थिक क्रिर्याकलापहरुमा मन्दि आउँनेछ । राजनीति तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तको सहयोग पाईनाले देखिने काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापारमा घाटा लाग्ने तथा मन्दि आउँनेछ । अध्ययनमा मन नजादा पढ्ने लेख्ने काम बाकि रहनेछ । खर्च बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । तरपनि अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ । शिक्षा तथा चेतनामुलक कामहरु धाति रहनेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्ययम रहेकोले आज गरिने कामहरु ढिलामात्र सम्पादन हुनेछन् । समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्रा लगानी गर्नुहोला व्यापारमा मन्दि आउने योग रहेकोछ । पढाइ लेखाइमा आशिंक सफलता हात पार्न सकिनेछ । अग्रज,आफन्त तथा बुवासँग मनमुटाब बढ्ने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । राजनितिज्ञको लागि जनताको काम गरि पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस