वि.सं.२०७६ साल चैत्र ०३ गते । सोमबार । ईश्वी सन् २०२० मार्च १६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि–सप्तमी,०७ घडी ३९ पला,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– ज्येष्ठा,२६ घडी १४ पला,बेलुकी ०४ बजेर ४४ मिनेट उप्रान्त मूल । योग– सिद्धि,३१ घडी २० पला,बेलुकी ०६ बजेर ४७ मिनेट उप्रान्त व्यातिपात । करण– बव,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त बालव,बेलुकी ०८ बजेर ४४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–बृश्चिक,बेलुकी ०४ बजेर ४४ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५४ पला । अष्टमी व्रत । गोरखकालीपूजा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक बस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउँन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ । साझपख बाहिरी वातावरणको ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रियजन भेट हुनुको साथै आधित्यपुर्ण सम्मान पाईनेछ । पढ्ने लेख्नेकाममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । साझपख समय राम्रो रहेकोले भौतिक सम्पती उपहारको रुपमा पाईनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ । साझपख छाती सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउँनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउँनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सेल्फ कन्फिडेन्ट बढ्ने तथा आट,शाहस, पराक्रम गरि राम्रा काम गर्न सकिनेछ । आर्थिक क्रिर्याकलापहरु फस्टाएर जाने तथा व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा नाम आर्जन गर्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तको सहयोग पाईनाले देखिने काम गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रुपैया पैसा तथा भौतिक सम्पतीको राम्रोसँग व्यावस्थापन गर्नुहोला हराउँन सक्छ । दैनिक खर्च भन्दा आकश्मिक खर्च बढेर जानेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । आफन्त,साथिभाईसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । साझपख समय राम्रो रहेकोले राजनीति तथा सामाजिक काममा रुची बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भौतिक सम्पति हात लागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस