वि.सं.२०७६ साल चैत्र ०१ गते । शनिबार । ईश्वी सन् २०२० मार्च १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– पंचमी,१५ घडी ३३ पला,दिउसो १२ बजेर ३० मिनेट उप्रान्त षष्ठी । नक्षत्र– विशाखा,३० घडी ०८ पला,बेलुकी ०६ बजेर २० मिनेट उप्रान्त अनुराधा । योग– हर्षण,४२ घडी २० पला,बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त वज्र । करण– तैतिल,दिउसो १२ बजेर ३० मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४६ पला । चैत्र संक्रान्ति ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउँने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागि गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रतिस्पर्धा तथा सत्रुभाव राख्नेहरु कमजोर हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा मावलीपक्षबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । सानो लगानि वा सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्कृष्ट रहकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कामगर्दा सचेतना अपनाउँनुहोला खुट्टा तान्ने तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक कामको जिम्मेवारी बढेतापनि उपलब्धि हासिल हुनेछैन । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना नहोला भन्न सकिन्न । आर्थिक अपारदर्शिताकै कारण अरुले औला उठाउन सक्छन् । प्रणय सम्बन्धमा केहि मनमुटाव बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनि हुँनेछ भने राजनितिक यात्रा सफल रुपमा अगाडि बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीति,समाजसेवीहरुले समाजमा राम्रा काम गरि स्थापित हुने समय रहेकोछ । व्यापारमा थोरै लगानी गर्दा पनि भनेजस्तो आम्दानी हुनेछ । अध्ययनमा मन जाने तथा प्रतिश्पर्धीहरुलाई किनारा लगाउदे चाहेको गन्तब्य भेटाउन सकिनेछ । भौतिक सम्पतिको प्रयोगले दैनिक आम्दानिमा बृद्धि भएर जानेछ । प्रेममा नजिक हुने तथा भावना साटासाट गर्न सकिनेछ । बिहानको समयमा यात्रा हुने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आम्दानि भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा ल्याउँन निकैनै मेहनेत गर्नु पर्नेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय राम्रो रहेकोछ । बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउँन सकिनेछ । राजनितिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरि लक्ष्य पहिल्याउँन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस