वि.सं.२०७६ साल फाल्गुन २८ गते । बुधबार । ईश्वी सन् २०२० मार्च ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– द्वितीया,३२ घडी ०० पला,बेलुकी ०७ बजेर ०८ मिनेट उप्रान्त तृतीया । नक्षत्र– हस्त,४० घडी ५५ पला,बेलुकी १० बजेर ४२ मिनेट उप्रान्त चित्रा । योग– गंड,१२ घडी ०८ पला,बिहान ११ बजेर ११ मिनेट उप्रान्त वृद्धि । करण– तैतिल,बिहान ०८ बजेर ०० मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ०८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतिष्पर्धि तथा सत्रुहरुलाई किनारा लगाउदै बिजय हुने योग रहेकोछ । बिद्या तथा नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसाय अर्थात पछिसम्म फाईदा हुने काम सुरु गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईनाले मन प्रसन्न हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
घरजग्गा तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्त सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोला केहि समय पर्खनुनै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवीहरुका लागि समय मध्ययम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईको प्रतिभाको उच्च सम्मान हुँनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । बिद्यामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । समयको महत्व बुझि अगाडि बढ्दा जिवन शैलिमा उल्लेख्य सुधार हुँनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कुटुम्ब तथा आफन्तको सहयोगले राम्रा तथा देखिने कामहरु गर्न सकिनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ । व्यावसाय फस्टाएरु जाने तथा आर्थिक गतिबिधिमा सम्लग्न भई धन तथा सम्पति कमाउँन सकिनेछ । घरपरिवारमा मानिसँग जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै राम्रा काम गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् भने सरोकार नभएका बिषयमा चासो राख्नाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
फजुल खर्च बढ्नेछ । खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ । लामो दुरिको बिदेश यात्रा हुनेछ भने एनजिलो तथा बिदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ । व्यापारको लागी बिहानको समय उत्तम रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अधुरा कामहरु पूरा हुँनुका साथै नयाँ कामका अवसर आउँनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिका अवसर जुट्नेछ । सरकारि तथा प्रशासनीक काममा तपाईको गतिलो उपश्थिती रहनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
ईमान्दारी तथा लगनशिल भई लाग्नाले मात्र भनेजस्तो सफलता हात पार्न सकिनेछ । जीवन शैलि व्यास्त रहेपनि उपलब्धि भने न्युन हुनेछ । राजनीतिज्ञ तथा सामाजिक काम गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले हातमा आईसकेको उपलब्धि फुत्कन सक्छ । यात्रा गर्दा वा यात्रासँग सम्बन्धित कामगर्दा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि रिसर्च पर्सनका लागि समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । व्यापार व्यावसाय लगानि गरिने मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस