वि.सं.२०७६ साल फाल्गुन १८ गते । आईतबार । ईश्वी सन् २०२० मार्च ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– षष्ठी,०२ घडी १२ पला,बिहान ०७ बजेर २३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– कृतिका,५६ घडी २६ पला,रातको ०५ बजेर ०५ मिनेट उप्रान्त रोहिणी । योग– ऐन्द्र,०७ घडी ५७ पला,बिहान ०९ बजेर ४१ मिनेट उप्रान्त वैधृति । करण– तैतिल,बिहान ०७ बजेर २३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मेष,बिहान ०९ बजेर ५५ मिनेट उप्रान्त वृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान २८ घडी ५२ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा समय खर्चिने राजनीतिज्ञ तथा समाजसेवीहरुले मान सम्मान पाउने योग रहेकोछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । माया प्रेम तथा पति पत्निविचको सम्बन्धमा थप आत्मियता बढेर जानेछ । अध्ययनमा मन जाने हुनाले छात्रछात्राहरुले भनेजस्तो नतिजा हात पार्न सक्नेछन् । बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सानो लगानि गर्दापनि समयले साथ दिने हुनाले लगानी फस्टाई मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुने गतिलो योग रहकोछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउँने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विलाशी तथा भौतिक बस्तुको पहिरनले व्याक्तित्वमा चमक आउनेछ । सवारि साधन तथा महंगा वस्तुहरुको प्रयोग मार्फन अरुको ध्यान तान्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापारकै सवालमा यात्रा हुने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापारको शिलशिलामा लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि बढाउँदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाईमा मन लाग्नेछैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईको प्रतिभाको उच्च सम्मान हुँनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । बिद्यामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । समयको महत्व बुझि अगाडि बढ्दा जिवन शैलिमा उल्लेख्य सुधार हुँनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस