वि.सं.२०७६ साल फाल्गुन १७ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– षष्ठी,अहोरात्र । नक्षत्र– भरुणी,५२ घडी २२ पला,रातको ०३ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग– ब्रम्ह,०७ घडी ५९ पला,बिहान ०९ बजेर ४३ मिनेट उप्रान्त ऐन्द्र । करण– कौलव,बेलुकी ०६ बजेर ४३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४८ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राजनीति,समाजसेवीहरुले समाजमा राम्रा काम गरि स्थापित हुने समय रहेकोछ । व्यापारमा थोरै लगानी गर्दा पनि भनेजस्तो आम्दानी हुनेछ । अध्ययनमा मन जाने तथा प्रतिश्पर्धीहरुलाई किनारा लगाउदे चाहेको गन्तब्य भेटाउन सकिनेछ । भौतिक सम्पतिको प्रयोगले दैनिक आम्दानिमा बृद्धि भएर जानेछ । प्रेममा नजिक हुने तथा भावना साटासाट गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । प्राकृतिक स्रोत साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट भनेजस्तो लाभ लिन सकिनेछ । तरपनि आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको भर पर्दा महत्वपुर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतीको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाति रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफुभन्दा बिशिष्ट व्याक्तित्वहरु सँग मित्रता बढ्ने तथा व्यापारमा लगानि गर्ने बिषयमा छलफल गर्न सकिनेछ । आम्दानिका स्रोतहरु थपिने तथा दैनिकी सहज हुनेछ । अध्ययनमा राम्रो सफलता हात पार्न सकिनेछ भने शैक्षिक यात्रा हुनेछ । टाडिएका मित्र तथा आफन्त नजिक हुनाले मन प्रशन्न हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारमा लगानी गर्नेहरुका लागी बिहानको समय मध्ययम रहेपनि साझको समय उत्तम रहेकोछ । अध्यनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा राम्रो पहिचान बनाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । नसोचेको धन तथा सम्पती हातलागी हुने योग रहेकोछ । साझपख धार्मिम तथा शैक्षिक यात्राको उत्कृष्ट समय रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँनयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुँनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लामो दुरिको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै बिजय भईनेछ । राम्रा काम गरि अरुको बिश्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राम्रा तथा पुरुषार्थि काम गरि नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानि फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड बनाउदै लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । खेलकुल,यात्रा तथा पत्रकारीतामा समय लगानि गर्नेहरुका लागि समयले राम्रो प्रतिफल दिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउँदा भविश्यमा आम्दानि भईरहनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस