महोत्तरी – महोत्तरी तथा आसपासका जिल्लामा मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र आसपासका जिल्लामा समेत मेघगर्जन सहित परेको पानीले थरथरी कमाउने जाडो बढाएको हो ।
फागुन दोस्रो साता शुरु भएसँगै ह्वात्तै बढेको गर्मीले थन्क्याइएका जाडाका कपडा फेरि निकाल्नु परेको सर्वसाधारणको प्रतिक्रिया छ । अपराह्नपछि करिब दुई घण्टासम्म परेको पानीले जिल्लाका ग्रामीण सडक हिलाम्य बनाएको छ । हिउँद सिद्धिनै लागेका बेला परेको पानीले यहाँको दोस्रो मुख्य बाली गहुँको बाला पोटाउन निकै राहत दिएको छ । त्यसैगरी वैशाखी सिजनका नयाँ तरकारीका बिरुवालाई पछिल्लो वर्षा अमृत नै भएको किसानले प्रतिक्रिया दिएका छन् ।
मङ्गलबारको वर्षाले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई भने चिल्लिबिल्ली बनाएको छ । तेस्रो दिनको विश्रामका लागि जिल्लाको सीमावर्ती भारतको मधुवनी जिल्लामा पर्ने फूलहरमा रहेका यात्री पानी पर्न थालेपछि आश्रय खोज्दै नजिकको गाउँबस्ती पसेका थिए । पूलहरमा पोखरी छेउको गिरिजा मन्दिर छेउमा यात्री बस्ने पुरानो परम्परा छ ।
मिथिला माध्यमिकी परिक्रमाका यात्री आज बुधबार यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका छन् । तेस्रो दिनको रात्रिबास छिमेकको भारतमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान) मा गरेका यात्री आज चौथो दिनको रात्रिबासका लागि महोत्तरीको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो । यात्रीलाई मटिहानीको नेपाल–भारत सीमाक्षेत्रमा नगरप्रमुख हरिप्रसाद मण्डलसहितका मटिहानीवासीले स्वागत गरेका छन् ।
यात्रीको बसोबास र खानपिन प्रबन्धका लागि मटिहानी नगरपालिका, महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानी, लक्ष्मीनारायण मठ र अन्य सामाजिक सङ्घसंस्था आवश्यक तयारीमा जुटेका नगरप्रमुख मण्डलले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस