वि.सं.२०७६ साल फाल्गुन १३ गते । मंगलबार । ईश्वी सन् २०२० फेब्रुवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– द्वितीया,४३ घडी १७ पला,बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाभाद्रपदा,२८ घडी १४ पला,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– सिद्ध,०३ घडी १८ पला,बिहान ०७ बजेर ५४ मिनेट उप्रान्त साध्य । करण– बालव,बिहान १० बजेर ५१ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ,मध्यान्ह ११ बजेर १५ मिनेट उप्रान्त मिन । काठमाडौंमा सूर्योदय ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३२ पला । पञ्चक। चन्द्र उदय । विश्व कुष्ठरोग विरुद्धको दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक काममा रुचि बढ्ने तथा सामाजिक जिम्मेवारी बहन गर्नु पर्नेछ । कर्मक्षेत्रमा तपाईको प्रशंसा गर्नेहरु प्रशस्त भेटिनेछन् । व्यापारमा बृद्धि हुनाले थप लगानिको वाताबरण बन्नेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि भनेजस्तो लाभ लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय तथा परिस्थिती अनुकुल तथा सहज बनाईराख्न प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा समय दिएपनि न्युन प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । तरपनि अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिने भएपनि बाटोमा समस्या झेल्नु पर्ने हुन सक्छ । राज्यसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले व्यापार तथा यात्रासँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा चेलीमाईती बिच मनमुटाब बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागि गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रतिष्पर्धामा विजयको योग रहेकोछ । विवाद तथा न्यायिक फैसलामा तपाईकै जित निश्चितछ । राम्रा तथा परिणाममुखि व्यापारमा लगानि बढाई आम्दानि दोब्बर पार्न सकिनेछ । मामा,मावली तथा आफन्तको सहयोगले अगाडि बढ्न प्रेरित गर्नेछ । अध्ययनमा समय दिने बिद्यार्थीहरुका लागि समय राम्रो रहेकोछ । बिहानको समय मध्ययम रहेकोले अवसर प्राप्त भएपनि समयमा काम गर्न सकिनेछैन । अध्ययनमा ध्यान नजादा प्रतिष्पर्धिहरुनै हावी हुनेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुने तथा पति पत्नि बिच मनमुटाब बड्न सक्छ । लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन अरुदिन भन्दा बढि समय खर्चनु पर्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि बढाउँदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाईमा मन लाग्नेछैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दाजुभाई तथा छिमेकबाट आर्थिक सहयोग तथा सकारात्मक सल्लाह पाईनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । बिहानको समय मध्ययम रहेकोले घर परिवारका आवश्यक्ता बढ्नाले अर्थ अभाव हुनेछ । वेसुरमा दिईएको वचनले समस्या निम्त्याउन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार बढ्नुको साथै आम्दानिमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो बाताबरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउँन सक्नेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लगनशिलता तथा मेहनेतले राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुने तथा दिगो काम प्रारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरुले पद तथा मान सम्मान पाउने योग रहेकोछ । व्यापारमा थोरै लगानिबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिहानको समयमा यात्रा सँग सम्वन्धीत कामहरु हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस