वि.सं.२०७६ साल फाल्गुन १२ गते । सोमबार । ईश्वी सन् २०२० फेब्रुवरी २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– प्रतिपदा,३८ घडी ०६ पला,बेलुकी ०९ बजेर ५१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– शतभिषा,२१ घडी ५९ पला,दिउसो ०३ बजेर २४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– शिव,०२ घडी १९ पला,बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त सिद्ध । करण– किंस्तुध्न,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ५१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । दिनमान २८ घडी २८ पला । पञ्चक। ग्याल्पो ल्होसार । शिक्षा दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानिमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै अग्र स्थानमा आउँन सकिनेछ । प्रेमील जोडहिरुका लागि समय उत्तम रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि नाँफा कमाउन सकिनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक उन्नति हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको कामबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पढाई लेखाईमा मन जानेहुदा नतिजा अफ्नै पोल्टोमा पार्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुँनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुँनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाई लेखाईमा कमी कमजोरी भएको अनुभुति हुनेछ । व्यापारमा मन्दि आउँनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउँने तथा खर्च बढ्ने योग रहेकोछ । आफनत तथा दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुदा हुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रतिष्पर्धि तथा सत्रुहरुलाई किनारा लगाउदै बिजय हुने योग रहेकोछ । बिद्या तथा नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसाय अर्थात पछिसम्म फाईदा हुने काम सुरु गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईनाले मन प्रसन्न हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शरिर स्वास्थ्य नहुनाले काम गर्न असजिलो महशुष हुनेछ । साथ तथा समर्थन दिने साथिभाईहरुले असहयोग गर्नेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापारमा समय दिने व्यापारीहरुका लागि समय मध्ययम रहेकोले थोरै आम्दानिमा चित्त बुझाउनु पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले आशिंक साथ दिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
घरजग्गा तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्त सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोला केहि समय पर्खनुनै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवीहरुका लागि समय मध्ययम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईको प्रतिभाको उच्च सम्मान हुँनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । बिद्यामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । समयको महत्व बुझि अगाडि बढ्दा जिवन शैलिमा उल्लेख्य सुधार हुँनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अवसर प्राप्त भएपनि काम गर्न आट नआउदा अरुभन्दा पछि परिनेछ । पन परेको मानिस टाडिने हुदा मन खिन्न हुनेछ । व्यापारमा नाँफा कमाउन प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा मन गएपनि नतिजा भने अरुकै पोल्टोमा पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समउ उत्तम नहुन सक्छ । खानपानमा ध्यान दिनु जरुरि छ खानपाकै कारण समस्या आउन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । नियम संगत काम नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस