वि.सं.२०७६ साल फाल्गुन १० गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– चतुर्दशी,२९ घडी ५८ पला,बेलुकी ०६ बजेर ३७ मिनेट उप्रान्त औशी । नक्षत्र–श्रवण,११ घडी ५० पला,बिहान ११ बजेर २२ मिनेट उप्रान्त धनिष्ठा । योग– वरियान,०२ घडी २३ पला,बिहान ०७ बजेर ३५ मिनेट उप्रान्त परिध । करण– शकुनि,बेलुकी ०६ बजेर ३७ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मकर,रातको १२ बजेर १३ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २० पला । धनिष्ठा पञ्चक आरम्भ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बुवा तथा बुवा सरहका व्याक्तीबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउँन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । व्यापारमा लागनि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार तथा जागिरमा सन्तुष्ट हुने समय रहेकोछ । व्यापार तथा व्यापार बिस्तारकै सवालमा लामो दुरिको यात्रा हुनेछ । पढाई लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउनेछन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धि हासिल हुनेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ । वादविवाद तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामगर्दा सचेतना अपनाउँनुहोला खुट्टा तान्ने तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक कामको जिम्मेवारी बढेतापनि उपलब्धि हासिल हुनेछैन । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना नहोला भन्न सकिन्न । आर्थिक अपारदर्शिताकै कारण अरुले औला उठाउन सक्छन् । प्रणय सम्बन्धमा केहि मनमुटाव बढ्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । आर्थिक गतिबिधिहरु दोहोरो अंकमा बृद्धि हुनाले दैनिकी सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पुराना कमिकमजोरि सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारि माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउँनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिज्ञको लागि समय राम्रो रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा लगानिका अवसर जुट्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन आम्दानिका स्रोहरु बढाउँन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस