बाँके– बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ ।
जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पूजाअर्चना गर्न भक्तजन लामो समय लाममा बस्नुप¥यो । नेपाल प्रहरीले लामलाई व्यवस्थित गरिरहेको थियो । “बिहान ४ बजेदेखि लाइनमा बसिरहेकी छु”, नेपालगञ्ज–१८, की पवित्रा बस्नेतले भनिन् , “लाइन घटिरहेको छ, अब पालो आउला जस्तो छ ।” मन्दिरमा विशेष गरी युवाको भीड देखिन्थ्यो ।
“पोहोर साल त धेरै देखेको थिएँ यसपालि भोलेबाबाहरु देखिएनन् । केही चिसो मौसम भएर होला रु” नेपालगञ्ज–१ की दीपिका रेग्मीले अड्कलबाजी गरेर भनिन्, “विगतका वर्षहरुमा बागेश्वरी मन्दिर परिसरमा धुवाँ उडाइरहेका भोलेबाबा यसपालि हराएछन् ।” रेग्मीले भनेजस्तै यस वर्ष शिवरात्रिमा बागेश्वरीमा भोलेबाबा देखिएनन् ।
यस वर्ष शिवरात्रिमा भाङ, धतुरो र गाँजा खान र बेच्न स्थानीय प्रशासनले कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिएका छन् । उनले भने, “भोलेबाबाको उपस्थिति नहुनुमा यसैको प्रभाव पनि हुनसक्छ ।”
संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ । बागेश्वरी मन्दिर यस क्षेत्रकै ठूलो र प्रसिद्ध मन्दिर हो । यस स्थानमा सतीदेवीको जिब्रो पतन भएको भन्ने जनविश्वास छ । एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस